Skip to content

हाेम सुवेदी

मधुको जस्तै गजल

मधुको जस्तै गजल

कोहिनुर आज किन खिया लागी टल्किएछ
नसोचेको मान्छे आज मधु पिउन पल्किएछ !
सेतोलाई सेतो भन्ने सकिएछन् दिनहरु
मेरो मधु गीत गाउँथ्यो गजलतिर सल्किएछ ।

इलामको चिसो हावा किन किन तातो हुन्छ ?
भूमिसुधार गर्दागर्दा झापा उसलाई सातो हुन्छ ।
अझै पनि यतै तिर बस्या भए हुने थियो
मेरो साथी मधु किन कोशीतिर ढल्किएछ ।

विकृतिका लहरहरु फैलिए नि फैलिरहून्
मधुशाला मधुसँगै उतै पनि रित्तिरहून्
टाढा जाँदा के भयो र टाढैबाट टल्किएछ ।
मेरो मधु किन किन कोशीतिरै झल्किएछ !

अन्तु डाँडा, कन्याम डाँडा मधु खोजी सुसाउँछन्
देउरालीमा मालिङ्गाका टुसाहरु टुसाउँछन्

सावधान

सावधान !!
कुलमान सावधान !
प्रिय कुलमान
नेपालीहरुको तर्फबाट
सल्लाह आइरहेको छ
अलिक होस गर
जथाभाबीकाहरुसँग भर नगर
यसो हेर्ने गर आफ्नो वरपर
चारैतिर भोका गोहीहरु
तिमीलाई दार्न दाउ हेरिरहेका छन्
कति बेला खोरमा पार्न सकिन्छ
ओरिपरिबाट घेरिरहेका छन् ।
कसरी तुरुङ्मा पार्न सकिन्छ
भाउ हेरिरहेका छन्
कहाँ त्यति मात्र
तिम्रा ओरिपरि हान्ने भोका अर्नाहरु
बिजुली चर्न नपाएर
खुट्टाले जमिन खोस्रँदै
छुलछुल मुत्तै
जमिनमा सिँगौरी खेलिरहेका छन् ।
राम्रो गरी याद गर
सुशीला कार्कीको नियति भोग्नु पर्ला
गङ्गामायाको नियति हेरिराख
त्यही नियति भोग्नु पर्ला

गजल

गजलः

रोकूँ भन्दा भन्दै आँसु आँखाबाट झरेको छ
मेरो भाग्य दलानबाट परपर सरेको छ ।।

विरहका भाकाहरु न्याउली गाउँछ रुखमा बसी
उसको गीत सुनी मेरो मुटु चिरा परेको छ ।।

साँझ बिहान झ्याउँकीरीले उराठ्लाग्दो कराएर
शरद काल नै मेरा लागि शिशिर जस्तो गरेको छ ।।

सुसेलेर हावासँगै डबलीको सल्लो घारी
विरहका गीत मानौं छाती भरी छरेको छ ।

ढकमक्क फुल्नु पर्ने फूल पनि वैलिएर
ठिँगुरिए जस्तो भई बिचमा कतै झरेको छ ।।

स्वच्छ पार्टीकाे सभा

यस पालिका चुनाबका स्वच्छ पार्टीकाे अहम प्रदर्शनका लागि पार्टीका अफिसमा मिटिङ्ग चलिरहेको थियो । याे चुनाबमा कसरी सबैको भन्दा राम्रो परिणाम पाउन सकिन्छ भन्नेमा सबैको धारणा आयो । साइकल मोटर साइकल र्याली गर्ने पनि सर्वसम्मत निर्णय भयो । सीमानाकाे ठाउँ परेकाले सीमानापारिका पनि सकेसम्म माेटर साइकल साइकल र मान्छेहरू पनि र्यालीमा मगाउने उपाय हुने भाे । सभा भव्य हुनु पर्ने सर्तमा कार्यकर्तालाइ खानपिउनमा लाग्ने सबै खर्चको र भन्डारकाे बन्दाेबस्त साम्सदज्यूले गर्नुहुने भो ।

स्वच्छ पार्टीकाे सभा

यस पालिका चुनाबका स्वच्छ पार्टीकाे अहम प्रदर्शनका लागि पार्टीका अफिसमा मिटिङ्ग चलिरहेको थियो । याे चुनाबमा कसरी सबैको भन्दा राम्रो परिणाम पाउन सकिन्छ भन्नेमा सबैको धारणा आयो । साइकल मोटर साइकल र्याली गर्ने पनि सर्वसम्मत निर्णय भयो । सीमानाकाे ठाउँ परेकाले सीमानापारिका पनि सकेसम्म माेटर साइकल साइकल र मान्छेहरू पनि र्यालीमा मगाउने उपाय हुने भाे । सभा भव्य हुनु पर्ने सर्तमा कार्यकर्तालाइ खानपिउनमा लाग्ने सबै खर्चको र भन्डारकाे बन्दाेबस्त साम्सदज्यूले गर्नुहुने भो ।

मधेशवादीहरू

देशभित्र अन्यायले सगरमाथा नाघेको छ
अर्कातिर नैतिकताको खडेरी नै लागेको छ ।।

बाढी अाकाे थाहै नपाइ दुला पसी लुकी बस्ने
मधेशकै मसिहाले छब्बिस अरब मागेके छ ।।

नेपालका खेलानाला हाताहाती जस्ले बेच्याे
अाजभाेलि त्यस्कै भूत मधेशमा जागेकाे छ ।।

केही कन्ची सहयाेगकाे भिक दिइ लाेभ्याउँदै
नेपालकाे जलस्राेत बैरीले नै दागेकाे छ ।।

लम्पसारवादीहरू देश बेच्न लस्कर लाग्छन्
राष्ट्रियता भन्ने कुरा नेपालबाट भागेकाे छ ।।

घुँडाबाट अाँसु बगाइरहेका छन्

नेताहरु गणतन्त्रलाई क्यास पारेर खाइरहेछन्
जनताहरु भोकउपवास बसेर रुवाइको गाना गाइरहेछन्
बाढीपीडितहरुको दुःखमा नेताको घुँडा धरधरी आँसुले भिजेको छ
तिनका पाल्तुहरुले तिनलाइ विदेशबाट ल्याएका माला पहिराइरहेछन् ।

चार हरफ

चार हरफ

जुठाे हाेला भन्दा भन्दै अाफैं चाेखिएछ
तिमीसँग थाहै नपाइ माया पाेखिएछ ।।

माया पनि कता धेरै कता थाेरै हुन्थ्याे
बुझी बुझी फेरि किन माया जाेखिएछ ।।

रागविराग

गजलः
रागविराग

बुढेस कालमा मायाप्रीति लाउनु पर्या छैन मैले
हुन ता हो लगनगाँठो सम्म गर्या छैन मैले ।।

दोधार हुन्छ मनमा अझै किन हाेला अहिलेसम्म
मायाको बिउ जथाभावी कतै छर्या छैन मैले ।।

माया गर्न कठिन खोलो तर्नु पर्छ भन्दा रैछन्
कता खोलो तर्नु जँघार सम्म तर्या छैन मैले ।।

पक्कै पनि बुढेसकाल अाएकै हाे जान्दछु म
तरै पनि कपालमा ध्वाँसो छर्या छैन मैले ।।

फुक्का साँढे जस्तै केही राखापाखा चर्दा रछन्
तिनका जस्ताे जथाभाबी खेत चर्या छैन मैले ।।

कविताकाे अाह्वान

नजानिंदा र स्वादिला विभिन्न भाव जन्मियून्
नयाँ नयाँ कथाहरु मभित्र आज पन्पियून्
जसै कथाहरु नयाँ मभित्र पन्पिँदा यहाँ
विभिन्न ज्ञानकुञ्जमा नयाँ विचार अन्मियून् ।।

कथा व्यथा बिहानीका कता यहाँ सुकाउनु
सुकाउने छ योजना यसै कता फुकाउनु
जसै उठेर आउँदा कथाहरु नयाँ नयाँ
कता कता पिरोल्दछन् कहाँ कहाँ लुकाउनु ?

मनुष्यका दिमागमा अनन्त स्वैर कल्पना
फुरेर आउँदा र’छन् रसालुशिक्त भावना
ती श्वैर कल्पनासँगै अनेक गीत गाइयोस्
अगम्य दिव्य ध्यानमा निमग्न बन्न पाइयोस् ।

उडेर माहुरी कतै परागमा बसे सरी
म बस्न पाऊँ योगमा र ध्यानमा भिडे सरी
दिमागमा फुलून् नयाँ नयाँ गवेषणाहरु

अामाबाउकाे याद गर

गजलः
शहर मात्र हेर्नैहरू गाउँकाे पनि याद गर
आफू तिमी जन्मिएकाे ठाउँकाे पनि याद गर ।।

सधैं भरि ब्याजै मात्र तिर्न कति मरिहत्ते
कहिले काहीं ऋण तिर्दा साउँकाे पनि याद गर ।।

एकै पटक उफ्रिएर अकास कहाँ छुइन्छ र
माथि कतै ठाेकिएला टाउकाे पनि याद गर ।।

बाेकेका छाै बाेकेका छाै ऋणकाे भारी राताे दिन
संसार भरका अाशामी हाै साहुकाे पनि याद गर ।।

अासामीका रूपमा सधैं परेका छाै भड्खालाेमा
असुल्रनलाइ थाापिएकाे दाउको पनि याद गर ।।

गाँस केही कटाएर देशकाे ऋण तिर्नु अब
शरीर झिर्न भाका अामा बाउकाे पनि याद गर ।।

तीन कविता गाइजात्राकाे लागि

गाइजात्राका लागि तिन कविता

१ गणतन्त्रः खसीका मुखको कुभिन्डो

केही शान्ति र चैन जो अघि थियो नासेछ यो छेदले
हाम्रो राष्ट्र अखण्ड जो अघि थियो भाँचेछ यो छेदले
धामी झाँक्री पुरेत हो मुलुकको फुक्फाक केही गर
ल्याएछन् गणतन्त्र यो मुलुकमा त्यस्बाट टाढा सर ।।

हाम्रो देश सखाप पार्छ कि कसो सारै पिराहा रछ
यो देशै सतचूर्ण गर्छ कि कसो यो ता ठिमाहा रछ
मारी सत्रहजार मानिस जसै आउँदै गरेको थियो
यो आउँदा त्यस पापीका अगतिको जूठो परेको थियो ।।

हामी देश र देशवासीहरुको अन्यायी साहु रछ
लाखौं ज्यान बली चढाउनु प¥यो पापिष्ट राहु रछ
सिङ्गै देश डढाउँदैछ यसले यो पारीकै छेद हो

गजल

सबै याद मनबाट अस्ताई जाउन्
भन्यो फेरि झन् झन् उदाउँदा रहेछन् ।।

नजीकै बसेमा असल् हुन्छ भन्थे
उनी दूर बस्तै सताउँदा रहेछन् ।।

हुँदा दूर देशमा हुँदै हुन्न माया
कहाँ हुन्छ झन् झन् फसाउँदा रहेछन् ।।

उता खाडीका गर्मीको देशबाटै
मुटुमा निसाना लगाउँदा रहेछन् ।।

नसोचूँ भन्यो लौ धरै पाइएन
नयन आँसु धारा बगाउँदा रहेछन् ।।

म ता स्नेहले प्रेम सञ्चार गर्थें
उनी ता रगत नै चुहाउँदा रहेछन् ।।

परिवारको गर्न थालेर चिन्ता
नखाई नखाई अघाउँदा रहेछन् ।।

कविता अाषाढ

अाज असार एककाे लागि पाे मिल्ने रहेछ याे कविता

पर्देशबाट घरको सम्झना

बेला यो छ असारको सिमसिमे छिट्याउँदो हो झरी
कैले बादल उग्र भै घनघटा वर्षाउँदो हो झरी
पैरोले भिर खेत बारीहरु नै हुत्याउँदै पो छ कि ?
चम्किएर मिलिक्क पापी विजुली अत्याउँदै पो छ कि ?

खेतालाहरु ब्याँसी खेत लहरे गाएर झर्दा हुनन्
रोपाहार मसक्क मस्किई हिलो छ्यापेर खेल्दा हुनन्
ब्याडे चाहिं बियाडबाट बिउका फ्याँकेर मुठ्ठाहरु
जिस्के हुन् सपना भयो घर पनि टाढा छु खै के गरुँ ?

बैंसालुहरुलाई जिस्कन हिलो छ्याप्ता हुनन् बाहुसे
मायालुहरु इत्रिंदै मुसुमुसु बाँड्दा हुनन् दोपरे

गजल

गजलः
फलेको वृक्षको हाँगो झुेक झैं झुक्तथ्यो नानु
म केही छिन नबोल्दैमा सलक्कै सुक्तथ्यौ नानु ।।

अलिक घुर्की लगाएरै म हिंड्थें केही तर्केर
नजारे झैं गरी बाटो निरन्तर ढुक्तथ्यौ नानु ।।

भएको छैन क्यै गल्ती भएमा माफी चाहन्छु
क्षमा गर्नै ढिलो गछ्र्याै स्वयं नै दुख्तथ्यौ नानु ।।

म तिम्रो स्पर्शको तृष्णा मुटुभित्रै लिई हिंड्थें
तिमी गल्ती स्वयं गथ्र्यौ त्यसैमा चुक्तथ्यो नानु ।।

अगाडि आउने इच्छा मलाई ता हुने गथ्र्याे
नदेखे झैं गरे जस्तो गरेरै लुक्तथ्यौ नानु ।।

चाैपाल छन्द

बसिबियाँलाे

स्वदेशभित्र लाख छन् यहाँ बनौषधीहरु
स्वदेशभित्र लाख छन् यहाँ महौषधीहरु
पलाँस छन् गुराँस छन् र आँप चाँप आरु छन्
इलामको उचाइमा प्रसिद्ध देवदारु छन् ।।१।।

यहाँ छ शुद्ध जिन्दगी भनेर यो जनाउँ कि
निवास शान्तिको कुटी यतै कतै बनाउँ कि
अजस्र सिर्जनाहरु बगाउँदै बगाउँदै
दशै तिहारको खुसी यतै कतै मनाउँ कि ? ।।२।।

फलेर पाक्तछन् यहाँ रसालु सुन्तलाहरु
चियाबगान भित्र छन् प्रिया शकुन्तलाहरु
अगम्य ध्यान योगमा पलेंटी नै कसे सरी
उचाइ नाप्तछन् यहाँ अनेक श्रृङ्खलाहरु ।।३।।

वसन्त राग गाउँदै यतै पसेर व्यस्त छन्
कुहू गरेर कोइली निबीड भित्र मस्त छन्
सुधा लिएर किन्नरी झरी यतै धरातिर

कविता

यसाे लेखिटाेपलेकाे

हे क्वैली अब गाउने सुर चले भाका भरी गाउनू
राजाका सँगमै बसेर रुखमा माया मिठो लाउनू
तिम्रो उन्नति होस् सधैं मन मिलोस् माया छचल्काउनू
मेरो प्रेम रहेन यो सययमा मैले कहाँ पाउनू ? ।।१।।

मायाले अनुरागले विरहले गुन्जाउँदैछ्यौ वन
को हो को नचिनेर हो कि किन हो उम्लन्छ तिम्रो मन
डालीमा बस गाइराख अहिले आइरहे हुन् प्रिय
आफ्नामाथि नगर्नु कहिल्यै यो व्यर्थको संशय ।।२।।

यो तिम्रो लयबाट बुझ्छु मुटुको खाटो बिझाए सरी
यद्वा स्नेह धरापमा हुन पुगी माया रिसाए सरी
मेराे याे मनभित्र ता बिरहकै अागाे लगाए सरी
बैंसालुहरुले कुनै बिरहको भाका लगाए सरी ।।

म पानी

समाजबाट स्नेहको म प्राप्त गर्छु स्वागत
मनुष्यका समाजमा छु प्राण झैं विधानतः
तथापि यो मनुष्यले ममाथि नै दुराशय
छरी विशाक्त पारिएँ धराभरी जलाशय ।।४२।।

हराउँदै छ स्वच्छता मनुष्यबाट यस्तरी
मनुष्य नै हुँदै गए लबस्तरा लबस्तरी
मनुष्य स्वार्थ भावले गरीरहन्छ सञ्चित
बुझेर यो मनोदशा स्वयं म हुन्छु दु्ःखित ।।४३।।

अगाध प्रेमका पला हराउँदै गए अब
सुषूप्त कल्पनाहरु बिलाउँदै गए अब
लुकाई चित्तमा सधैं कहाँ म राख्न सक्तथें
विरक्तिका पला म मन्पराउँदै गएँ अब ।।४४।।

अभेद्य जो थियो यहाँ समस्त त्यो उघारियो
म भित्रको मनोदशा कता कता मडारियो
अनेक कालखण्डका घडीहरु घुमी जब

गजल

मेरै जस्ताे अाँसु केही झारेर र त हेर
अाफ्नाे मनकाे ढिपीलाइ टारेर त हेर ।।

सजिलै छ अाफू एक्लै पारी तिर तर्न
तर डुब्न लागेकाेलाइ तारेर त हेर ।।

जहिलेसुकै जित्नै पर्ने सिद्धान्त छ तिम्राे
एक पल्रट जिन्दगीमा हारेर त हेर ।।

भाग्यलाइ दाउ थाप्ने कस्ताे तिम्राे चाला
हामी पनी हेर्छाैं दाउ पारेर त हेर ।।

भैंचालाेले भत्काएकाे बस्ती उस्तै देख्छु
धुर्मुसले जस्तै बस्ती सारेर त हेर ।।

नलाएकै भए हुन्रथ्याे

बहानाले मेरा छेउमा नआएकै भए हुन्थ्यो
यता आई मिठो माया नलाएकै भए हुन्थ्यो ।।

हजारौं छन् कुरा मनमा लुकाइराख्नै भयो मुस्किल
ढिपी गर्दै कसम बाचा नखाएकै भए हुन्थ्यो ।।

बडो आनन्दले हामी परस्परमा चिठी लेख्थ्यौं
बरु चिठ्ठी कि हावाले उडाएकै भए हुन्थ्यो ।।

परस्परमा मिली माला प्रीतिको एक गाँसेथ्यौंं
बरु त्यो प्रीतिको माला चुँडाएकै भए हुन्थ्यो ।।

मिठा भाका सुसेलीमा लगाई नाच्दथ्यौं हामी
बरु त्यो गीतमा भाका नहालेकै भए हुन्थ्यो ।।