कुमार काफ्ले
सम्झनामा पिता
गुरुबा नमस्कार है !
यसरी नै उहाँलाई भेट्न बिहान बेलुकै निकै मान्छेहरू आइरहन्थे। केटाकेटीको लागि उहाँ देउताजस्तै हो भन्थे। खासमा उहाँलाई केटाकेटी उमेरमै देउता आएका थिए रे, धेरै पहिला ! हामीलाई त्यो थाहै छैन। जोखाना हेर्ने, झारफुक गर्ने र दबाई दिने उहाँको दैनिकीको अभिन्न अङ्ग थियो। तन्त्रमन्त्रमा शक्ति हुन्छ, हुन्न ? बहस गर्न सकिन्छ तर उहाँले तन्त्रमन्त्रको साथ अमूल्य जडिबुटीबाट उपचार गर्नुहुन्थ्यो र त्यो एकदमै प्रभावकारी, लाभदायक थियो भन्नेहरू मैले गाउँघरमा यत्रतत्र भेटेको छु।
खोर्साने बूढाको कर्तुत
झण्डै एक लोटा पानी घुट्क्याए उनले । अनि पुर्पुरोमा हात राखेर लामो सास फेरे ।
उदयपुरको पोखरेमा बीस रोपनी जग्गामा अकबरे खुर्सानी लगाएर अगुवा कृषकमा दरिएका टंकबहादुर राउत उर्फ खोर्साने बूढा त्यहाँका जल्दाबल्दा व्यक्ति थिए । पञ्चायत जितेपछि उनको रवाफ दिन दोगुना रात चौगुणा बढ्न थालेको थियोे । पुर्ख्यौली सम्पत्ति छँदै थियोे , त्यहाँमाथि निकै चल अचल सम्पत्ति थपे उनले ।
बिहेको पहिलो रात
मेरो त यतिछिटै बिहे गर्ने कुनै रहर थिएन तर मैले नमान्दा नमान्दै पनि बाबाममीले सारै कहर गर्नुभयो । कि त मैले उहाँहरूसँग विद्रोह गर्नुपर्ने भयो कि त उहाँहरूले भनेको केटासँग बिहे गर्नुपर्ने भो ! जिन्दगीको सवाल थियो, यी बूढाबूढी भएका बाआमा त डाँडामाथिका जूनघाम भइसकिहाले ! जिन्दगी काट्नुपर्ने मैले हो । उहाँहरूले जेजे भन्यो त्यही, जोजोसँग भन्यो त्यहीसँग बिहे गर्नुपर्ने भन्ने के छ र ? भनेर मन दह्रो पारेर अहिले म बिहे गर्दिनँ भन्छु भन्ने सोचेर उहाँहरू भएको ठाउँमा गएँ ।
बिहान हुनुअघि
आफूले हृदयदेखि नै मन पराएको युवकसँग बिहे गर्न पाउने थोरै भाग्यमानीमध्ये पर्थिन् शारदा । हुन पनि उनको रोजाईमा परेको सागर खाईलाग्दो,लोभलाग्दो,मिजासिलो र उनको हरेक भावना बुझ्ने खालको थियो । दुवैजना शिक्षित थिए । एकअर्कालाई पाएकामा दुवै खुशीले आल्हादित हुदैं भावी जीवनका मीठामीठा सपना बुन्थें,रमाउँथें र त्यसैमा हराउँथें । शारदा सागरमै विलीन हुन खोज्थिन् भने सागर पनि शारदामै आफ्नो सार्थकता खोज्थ्यो ।
पुरुषसत्ताको विरुद्धमा
र त्यसपछि धेरै वर्षमा त्यो सुन्दर गाउँ जुर्मुरुराउन थाल्यो ।
छिन्नभिन्न भएका महिलाहरू बिस्तारै एकत्रित हुन थाले । स्यारोन र निकिताले अगुवाइ गरेर टोलटोलमा आमा समूह गठन गरे, प्रत्येक हप्ताको शनिबार समूहको बैठक राखी महिला अधिकार, महिला स्वास्थ्य र घरेलु तथा यौन हिंसाको बारेमा प्रशिक्षित गर्न थाले । त्यस काममा उनीहरूलाई सरिता, सीता, मञ्जु, पवित्रा, पार्वती र ललितमायाहरूको साथ थियो । स्वास्थ्य चौकीका कर्मचारी, विद्यालयका शिक्षिकाहरू र गोमाहरूले पनि उनीहरूको यस अभियानमा दरिलो साथ दिएका थिए ।

