कुमार काफ्ले

मुस्कान

मन्दिरमा भक्तालुजनको घुइँचो !
पूजापाठ, स्वस्तिशान्ति, भाकल, भोजभतेर र तीर्थव्रतमा धन खर्च !!
प्रश्न – यो सब केका लागि गर्दै हुनुहुन्छ ?
उत्तर- पुण्यप्राप्ति, मन शान्ति !!!
उनीहरूको भित्री चाह थाहा पाएको मूर्तिको मुस्कुराहट ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मनको डर

“गाउँमा के छ र यार ! सधैं दु:खको दु:ख, भनेको बेला पैसा पनि बिक्दैन,” गाउँघरमै बसेर केही गर्नुपर्छ भन्ने साथीहरूलाई यसरी जवाफ दिन्थ्यो महेश ।

“गाउँमा हावापानी राम्रो छ, आफ्नै रेखोपाखोमा उब्जिएको ताजा खानेकुरा खान पाइन्छ,” यसो भन्थे साथीहरू ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महाशय झुक्किन पाइन्छ ?

म एउटा यस्तो देशको कुरा गर्दैछु
जहाँ एउटा स्वाभिमानी
शिर ठाडो पारेर बोल्न पाउँदैन
सत्ताको हर्ताकर्ता झुक्किएर
कसैको हातखुट्टा भाँच्न सक्छ
हो साँच्चै झुक्किएर मान्छे समात्छ
र दोहोरो मुठभेडको नाममा
यहाँ बङ्गारा झारिन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्झनामा पिता

गुरुबा नमस्कार है !

यसरी नै उहाँलाई भेट्न बिहान बेलुकै निकै मान्छेहरू आइरहन्थे। केटाकेटीको लागि उहाँ देउताजस्तै हो भन्थे। खासमा उहाँलाई केटाकेटी उमेरमै देउता आएका थिए रे, धेरै पहिला ! हामीलाई त्यो थाहै छैन। जोखाना हेर्ने, झारफुक गर्ने र दबाई दिने उहाँको दैनिकीको अभिन्न अङ्ग थियो। तन्त्रमन्त्रमा शक्ति हुन्छ, हुन्न ? बहस गर्न सकिन्छ तर उहाँले तन्त्रमन्त्रको साथ अमूल्य जडिबुटीबाट उपचार गर्नुहुन्थ्यो र त्यो एकदमै प्रभावकारी, लाभदायक थियो भन्नेहरू मैले गाउँघरमा यत्रतत्र भेटेको छु।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जुरेलीसँग घुम्दा

“ममी ममी हेर्नुस्न हाम्रो परेवाले आफ्नो बच्चालाई चुच्चो जोडेर के गरेको ? हेर्नुस्न छिटो !” आयुष्माले भनिन्।

“एए, त्यो ; त्यो त परेवाले आफ्नो बच्चालाई चारो खुवाएको नि ! तिमीलाई थाहा थिएन ?”

“अहँ, थाहा थिएन ममी। अनि परेवाले जसरी नै सबै आमाहरूले आफ्ना बच्चालाई चारो खुवाउछन् हो ?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोर्साने बूढाको कर्तुत

झण्डै एक लोटा पानी घुट्क्याए उनले । अनि पुर्पुरोमा हात राखेर लामो सास फेरे ।

उदयपुरको पोखरेमा बीस रोपनी जग्गामा अकबरे खुर्सानी लगाएर अगुवा कृषकमा दरिएका टंकबहादुर राउत उर्फ खोर्साने बूढा त्यहाँका जल्दाबल्दा व्यक्ति थिए । पञ्चायत जितेपछि उनको रवाफ दिन दोगुना रात चौगुणा बढ्न थालेको थियोे । पुर्ख्यौली सम्पत्ति छँदै थियोे , त्यहाँमाथि निकै चल अचल सम्पत्ति थपे उनले ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुसको रात

गाउँलेहरू कसैले के त कसैले के दिएर उसलाई विपतमा सहयोग गरे ।

जाडो घटेकै थिएन र त त्यो सहयोगमा न्याना ओढ्ने, ओछ्याउने छुटेका थिए ।

उसलाई फेरि आगलागीकै डर लाग्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तातोको मूल्य (सूत्र-कथा)

उसले बूढापाकाले भनेको सम्झ्यो – “जाडो भगाउन रूई, दुई र फुई चाहिन्छ ।”

रूई किन्न पैसा पुगेन, दुईको लागि उसको जोडी थिएन । त्यसैले दिनभर झिक्राझाक्री दाउरा र घसमल जोरजाम गर्यो ।

रात परेपछि जाडो छिप्पिदैं गयो । उसले फुई जोर्यो र त्यसैको तातोमा सेकिएर कैयौं दिनदेखि नपुगेको निद्रा निदायो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रशंसाको मूल्य

निकैबेर गमेपछि लालबहादुर धनबहादुरको घरतिर सोझियो । धनबहादुर पिँढीमा बसेर तमाखु खाइरहेको थियो । ऊ त्यहाँ नपुग्दै कुकुर झम्टिहाल्यो । खासमा उसलाई कुकुर मनै पर्दैनथ्यो । अरुबेला भए ढुङ्गो टिपेर लखेटिसक्थ्यो । तर आज माहोल अर्कै थियो ।

“तपाईंको यो कुकुरले त सारै राम्रोसँग पो सुरक्षा गर्दोरहेछ त है !”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महङ्गी (सूत्रकथा)

पैसा बोकेर ऊ सिरक किन्न बजार गयो ।

महङ्गी यति बढिसकेछ कि ऊसँग भएको पैसाले सिरक त के खोल पनि नआउने रहेछ ।

त्यसपछि ऊ रक्सी धोकेर साँझमा घर फर्क्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जाडो (सूत्रकथा)

कठ्याङ्ग्रिदो जाडोले उसको निद्रा परेको थिएन ।

लुगलुग काम्दै ऊ पातलो बर्को ओढेर न्यानो हुने प्रयास गर्दै थियो ।

यताउता फर्कदाँफर्कदैं बिहान भयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिरक (सूत्रकथा)

शिशिरको ठण्डी रात । गरिबीको कारण पुरानै पातलो सिरकले काम चलाउने सल्लाह भयो ।

हिउँ पर्यो, जाडो अचाक्ली बढ्यो ।

जाडो ढाक्न उनीहरूले त्यही पुरानो सिरक तानातान गरे । च्यातियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20161029_KumarKafle-News

राजधानीमा नियात्रा विषयक विमर्श एवम स्रष्टा सम्मान कार्यक्रम

प्रथम नियात्रा कृति प्रकाशन शतवार्षिकी सन्दर्भको स्मरणमा आयोजित नियात्रा विषयक विमर्श एवम स्रष्टा सम्मान कार्यक्रम प्रज्ञा -प्रतिष्ठानको पुस्तकालय हलमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुरुषत्व (सूत्रकथा)

ऊ घाँटी चहर्याउने घटिया रक्सीका घुट्का पिएर पेशेवर यौनकर्मीहरूको केश र वक्षस्थलमा छर्केको निस्सासिँदो सुवास र कृत्रिम मुस्कानमा लठ्ठिदैं वेश्यालय धाउँथ्यो ।

त्यसपछि घर आएर परपुरुषसँग बोलेको निँहुमा श्रीमतीलाई भकुरेर पुरुषत्व देखाउँथ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिहेको पहिलो रात

मेरो त यतिछिटै बिहे गर्ने कुनै रहर थिएन तर मैले नमान्दा नमान्दै पनि बाबाममीले सारै कहर गर्नुभयो । कि त मैले उहाँहरूसँग विद्रोह गर्नुपर्ने भयो कि त उहाँहरूले भनेको केटासँग बिहे गर्नुपर्ने भो ! जिन्दगीको सवाल थियो, यी बूढाबूढी भएका बाआमा त डाँडामाथिका जूनघाम भइसकिहाले ! जिन्दगी काट्नुपर्ने मैले हो । उहाँहरूले जेजे भन्यो त्यही, जोजोसँग भन्यो त्यहीसँग बिहे गर्नुपर्ने भन्ने के छ र ? भनेर मन दह्रो पारेर अहिले म बिहे गर्दिनँ भन्छु भन्ने सोचेर उहाँहरू भएको ठाउँमा गएँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

षडयन्त्र देख्छु म

षडयन्त्र देख्छु म तिम्रा हरेक चालहरूमा,
बरु देख्दो हो माछाले आकर्षण जालहरूमा

कोही सत्तामा छ शक्ति भन्दछन् विचारमा कोही,
छैन कलमको जति बन्दुकका नालहरूमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सीमान्त जीवन !

क्षितिजमा घाम डुबिसकेको एउटा गोधुलि सन्ध्या । शहरमा सवारीसाधन र मान्छेको भीडभाड, कोही वासस्थान जान हतारिरहेका त कोही रात्रीकालीन जागिर आदिका लागि निस्किएका । दिनभर सडकपेटीमा भीख मागिरहेको एउटा अशक्त, अपाङ्ग वृद्धलाई ह्वीलचेयरमा राखेर उसको छोरो डेरातिर लाँदैछ ।

छोरो: बा ! आजको कमाइ कस्तो भयो त ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उपहास (सूत्रकथा)

-महिलाहरू जोयालाई अपमानजनक रूपमा देश निकाला गरिएको विरोधमा र पीडकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका थिए।

-आन्दोलनले गति र उग्ररुप लिएपछि सरकारले धरपकड र नियन्त्रण गर्यो।

-घण्टौं वार्ता र छलफलपछि निष्कर्ष निस्कियो- “महिलाहरूलाई आइन्दा अपमानजनक रूपमा देश निकाला गरिने छैन।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिहान हुनुअघि

आफूले हृदयदेखि नै मन पराएको युवकसँग बिहे गर्न पाउने थोरै भाग्यमानीमध्ये पर्थिन् शारदा । हुन पनि उनको रोजाईमा परेको सागर खाईलाग्दो,लोभलाग्दो,मिजासिलो र उनको हरेक भावना बुझ्ने खालको थियो । दुवैजना शिक्षित थिए । एकअर्कालाई पाएकामा दुवै खुशीले आल्हादित हुदैं भावी जीवनका मीठामीठा सपना बुन्थें,रमाउँथें र त्यसैमा हराउँथें । शारदा सागरमै विलीन हुन खोज्थिन् भने सागर पनि शारदाम‌ै आफ्नो सार्थकता खोज्थ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुरुषसत्ताको विरुद्धमा

र त्यसपछि धेरै वर्षमा त्यो सुन्दर गाउँ जुर्मुरुराउन थाल्यो ।

छिन्नभिन्न भएका महिलाहरू बिस्तारै एकत्रित हुन थाले । स्यारोन र निकिताले अगुवाइ गरेर टोलटोलमा आमा समूह गठन गरे, प्रत्येक हप्ताको शनिबार समूहको बैठक राखी महिला अधिकार, महिला स्वास्थ्य र घरेलु तथा यौन हिंसाको बारेमा प्रशिक्षित गर्न थाले । त्यस काममा उनीहरूलाई सरिता, सीता, मञ्जु, पवित्रा, पार्वती र ललितमायाहरूको साथ थियो । स्वास्थ्य चौकीका कर्मचारी, विद्यालयका शिक्षिकाहरू र गोमाहरूले पनि उनीहरूको यस अभियानमा दरिलो साथ दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •