Skip to content

कुमार काफ्ले

शानदार प्रयास

त्यो बेला अहिलेको जस्तो समय थिएन । पाँच कक्षा पास भएपछि हाइस्कुल पढ्न दुई घण्टा हिँडेर जानुपर्थ्यो । हात्तीछाप चप्पल लगाएर स्कुल जाँदा लोती छिनेर हैरान पार्थ्यो । दु:खै गरेर भएपनि मैले दोस्रो श्रेणीमा एसएलसी पास गरेँ । अहिलेको जस्तो लेटर ग्रेडिङ सिस्टम थिएन र त सेकेन्ड डिभिजनमा एसएलसी पास भएको फूर्ति लाउन पाएँ मैले पनि । गाउँमा क्याम्पस खुलेका थिएनन् त्यसैले सातुसामल पोको पारेर एकदिन पैदल एकदिन गाडीमा चढेर काठमाडौं खाल्डो छिरेँ म । गाउँमाभन्दा सबथोक नौलो र फरक देखेँ मैले । देखेँ बसगाडीका ताँती, अपरिचित मान्छेहरूको भीडभाड र व्यस्तता ।

चाहना (सूत्रकथा)

-धेरै वर्ष पहिले हिमाल र समुद्रबीच गहिरो माया बस्यो।

-उनीहरूले एकापसमा बिहे गरे, रमाए।

-उनीहरूका नदी, खोला, झरना, ताल र पोखरी सन्तान पैदा भए।

शंखघोष एउटा सङ्ग्रामको

तिमी र म जन्मदाँ,
म जस्तै तिमी पनि रोयौ होला
सायद तिम्री आमालाई जस्तै
लाग्यो होला व्यथा मेरी आमालाई पनि,
यत्ति हो समानताको कुरा तिमी र म बीच।
जब शुरु हुन्छ यात्रा जिन्दगीको
तिमी लाग्छौ महलतिर नभए घरतिर
म हुन्छु त्यही महलको पेटी र धर्मशालातिर,
मन्दिर अनि पाटीपौवानिर!

पाँच मुक्तक (शिक्षक)


आफू जली प्रकाश दिने शिक्षकको कर्म हजुर
पीडा व्यथा कति होलान् कतिकति मर्म हजुर
उर्जाशील समयमा अहोरात्र खटिइरहने
समाजमा शिक्षकले निभाइरहेछन् धर्म हजुर।

सूत्रकथाको परिचय र यसको अभिलक्षण

कथा मानवजीवनसित सर्वाधिक सन्निकट रहेको वाङ्मयको प्राचीन र लोकप्रिय विधा हो । कथाका विभिन्न वर्गीकृत रुपमध्ये सूत्रकथा सबैभन्दा कनिष्ठ प्रविधाको रुपमा साहित्यकाशमा उपस्थित भएको पाइन्छ । सूत्रकथा शब्द नेपाली कथा साहित्यको सन्दर्भमा प्रयुक्त कथा विधाको एक प्रविधा हो । सूत्रकथामा कथाका आवश्यक तत्वहरू सूत्रात्मकरुपमा उत्कर्षोन्मुख अवस्थामा समाहित भएर रहेका हुन्छन् ।

अर्को पागल (सूत्र-कथा)

-पागलको संज्ञा दिदैं मुकुन्दलाई गाउँमा बस्न नालायक ठहर गरियो।

-उसलाई उपचारको लागि पाटनस्थित मानसिक अस्पतालमा पुर्‍याईयो।

-त्यहाँ मानसिक रोगको उपचार गर्ने एक से एक चिकित्सक थिए।

एकाङ्की (शीलवती)

रूपमाया र गुणबहादुरको बेलाबेलामा ठाकठुक परिरहन्छ र आज पनि रूपमायालाई गुणबहादुरले त्यति वास्ता गरेजस्तो लागेको छैन त्यसैले उनी गुणबहादुरलाई आफ्नो महत्ता दर्शाउन खोज्दैछे ।

रूपमाया: मेरो चौतर्फी प्रशंसा छ ।

गुणबहादुर: हो ।

चुनाव (सूत्रकथा)

– गम्भीर स्वभावको गम्भीर बहादुर महिला मुक्ति र समानताको पक्षमा अहोरात्र खटेर काम गर्थ्यो।

– कुरा कम काम बढी गर्थ्यो।

– चकलेटी स्वभावको प्रेम बहादुर महिलाहरूको मन जित्दै उनीहरूको अस्मिता लुट्थ्यो।

पागल (सूत्रकथा)

-मुकुन्दले जातीय विभेद र छुवाछूत मान्दै मानेन।

-महिला र पुरुषबीचको असमानता जरैदेखि उखेल्नुपर्ने धारण राख्यो।

-छोरीलाई पनि छोरा सरह उच्च शिक्षा र पैतृक सम्पत्तिमा समान अधिकार हुनुपर्छ भनेर वकालत गरिरह्यो।

KumarKafle

एउटा जिउँदो युग बोक्ने काजी दाइ

युगको उर्दी जारी गर्ने काजी दाइ पाहुना झैं कहिलेकाहीँ जन्मथलो आउँछन् र आफ्नो नाभि गाडिएको माटो सुँघेर फेरि जान्छन् त्यही मरुस्थलतिर । जाँदा उनी कोटको खल्तीमा एकमुठी माटो हाल्छन् र हातमा लागेको शेष माटो आफ्नो निधारमा सुस्तरी दल्छन् कुनै वैष्णवले नाकमाथि चन्दन लगाएझैं । त्यो सुगन्धित माटो निधारबाट नाक, गाला हुदैं ओरालो लाग्छ र सम्पूर्ण शरीरमा पुगेर विलय हुन्छ । बाटो हिड्दा जंगलमै कैयौं रात बिताउँछन् मृग, कस्तुरी र तिनीहरूका शावकहरूसँग । दुबोको नरम विस्तारामा हातको शिरानी हालेर उनले रानीवनको जंगलमा तामाकोशी, सुनकोशी र रोशीको किनारामा केही रात सपना देख्छन् आफूले सिंगो युग बोकेको ।

विश्व मानव चे

प्रिय चे
एउटा देशमा तिम्रो नाभि गाडिएको छ
त्यहीँको माटो सुँघेर हुर्केका तिमी
अर्कै देशको भूमिमा प्रशिक्षित भई
विभिन्न देशको माटोमा,
पहाड र बस्तीहरूमा
अथक युद्ध गर्ने,क्रान्तिको बीउ छर्ने