१
कलिला मूना
कोपिला हालेर
फक्रन खोज्दैछ वैंशालु उमेर।
२
फूलेर सुगन्ध
बाँड्नमै खुशी छ
निस्वार्थी भावना राखेर पुष्प त्यो।
३
किताब कापी
झोलामा हालेर
भविष्य हिँड्दैछ एउटा बालक।
४
हसाउँछ,रुवाउँछ
सताउँछ है बेस्सरी
निश्चल त्यो हाँसो बिर्सनु कसरी?
५
खेल्दछ,कुद्दछ
उफ्रन्छ,नाच्दछ
मृग शावक झैं गरी
हाँस्दछ खुशीले कहिले,
रुन्छ दु:खले पनि
अभावको जिन्दगी के हो
थाहा छैन उसलाई,
माग्दछ अबोध बनी।
कुमार काफ्ले
ओखलढुंगा।
९८४१०४४५७९
