डम्बर बिकेल

परेँ म त दङ्ग

  • by

घाम लागेको बेला पानी परेको बेला
आकाशैमा देखिन्छ रङ्गीचङ्गी मेला
तीन रङ्ग चार रङ्ग जम्मा सात रङ
इन्द्रेनीलाई देखेर परेँ म त दङ्ग

Read More »परेँ म त दङ्ग
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आजभोलि के भो मलाई

  • by
DambarBikel

आजभोलि के भो मलाई गुडुगुडूँ लाग्छ
पुतलीको पंख चोरी भुरभुर उडूँ लाग्छ

उसले हेरेदेखि मायाले बेरेदेखि
हाम्रो सम्बन्धमा दुनियाँले केरेदेखि
पिरतीको आगोमा त्यसैत्यसै सल्कूँ लाग्छ
चन्द्रमाको ज्योति चोरी टलटल टल्कूँ लाग्छ

Read More »आजभोलि के भो मलाई
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

प्रेम पाप होइन

प्रेम पाप होइन तर किन रुनुपर्छ
मायामा धोका प्रतिबन्धित हुनुपर्छ

ढुकुरका जोडी त गुँडैमा रमझम
आफ्नो त प्यार आँसुले किन धुनुपर्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो माया नम्बरी हो

मेरो माया नम्बरी हो मसी लाउनु पर्दैन
अकबरी सुनलाई कसी लाउनु पर्दैन

संसारैमा प्यारी तिमी पाएँ, तिमीसँगै प्रीति लाएँ
सयौँ जुनी माया लाऊँ, मैले यस्तो कसम खाएँ
मेरो माया तेजाबी हो मसी लाउनु पर्दैन
अकबरी सुनलाई कसी लाउनु पर्दैन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिमी को थियौ

तिमी को थियौ म को थिएँ नाता जोडियो पैसाले
मनभन्दा धन ठुलो रैछ नाता तोडियो पैसाले

दुइटा मुटु एउटै थियो यात्रा हाम्रो सँगसँगै
दोबाटो आयो कतिखेर बाटो मोडियो पैसाले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हजुर बिना प्राण छैन

हजुर बिना प्राण छैन, कसम हजुर
कसरी विश्वास दिलाऊँ, खसम हजुर

अरुकै बारीमा फुलेँ कि भमरासँगै झुलेँ कि
हजुरको मन दुःखाई पराईसँग भुलेँ कि
हजुर बिना चैन छैन, कसम हजुर
कसरी विश्वास दिलाऊँ, खसम हजुर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
DambarBikel

दामी हुन मन छ

दामी हुन मन छ मलाई नामी हुन मन छ
मुटु साटी तिमीसँगै बदनामी हुन मन छ

मात लागोस् तिमीलाई बात लागोस् अनि
दुनियाँ छाडी तिम्रै मायामा हरामी हुन मन छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बचौँ, बचौँ आफू

बचौँ, बचौँ आफू नि बचौँ कोरोनाबाट बचौँ
बचाऔँ अरुलाई नि कोरोनाबाट बचाऔँ

हात राम्ररी नधोए जानौँ कोरोना सर्छ है
राम्ररी पकाई खाए बुझौँ कोरोना मर्छ है

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जसले तिमीसँग

जसले तिमीसँग अरुको कुरा काट्छ
उसले अरुसँग तिम्रो नि कुरा काट्छ

चिल्लो लगाउँदै मीठा मीठा कुरा गर्ने
कामले होइन, सधैँ गफैले पूरा गर्ने
जसले तिमीसँग अरुको नाक काट्छ
उसले अरुसँग तिम्रो नि नाक काट्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सञ्जीवनी बुटी

आज म बिहे गर्दै छु
हो, आज म भित्र्याउँदै छु जीवनसङ्गिनी
एउटी हैन, एकै पटक, एउटै लगनमा
तीन, तीनवटी बेहुलीहरू
जग्गेमा मेरा वरिपरि हुन्छन् उनीहरू
सरस्वती, लक्ष्मी र दुर्गा

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

कोरोना छायो औँशी ल्यायो

कोरोना छायो औँशी ल्यायो पुर्ने कहिले छाउने हो
आयो शिशिर प्रकृतिमा वसन्त कहिले आउने हो

हाँस्ने चाह छ सबैको, रुने कसलाई मन छ र
मुटु नै मिची छातीमै थिची हाँस्नु पर्यो तर
कोरोना आयो आँसु ल्यायो हाँसो कहिले पाउने हो
आयो शिशिर प्रकृतिमा वसन्त कहिले आउने हो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •