Skip to content

बचौँ, बचौँ आफू


बचौँ, बचौँ आफू नि बचौँ कोरोनाबाट बचौँ
बचाऔँ अरुलाई नि कोरोनाबाट बचाऔँ

हात राम्ररी नधोए जानौँ कोरोना सर्छ है
राम्ररी पकाई खाए बुझौँ कोरोना मर्छ है
चिनौँ, चिनौँ आफू नि चिनौँ कोरोनालाई चिनौँ
बचाऔँ अरुलाई नि कोरोनाबाट बचाऔँ

हात मिलाए आफूमा जानौँ कोरोना लाग्छ है
नमस्कार गरे आफूमा बुझौँ कोरोना भाग्छ है
सोचौँ, सोचौँ आफू नि सोचौँ कोरोनाबारे सोचौँ
बचाऔँ अरुलाई नि कोरोनाबाट बचाऔँ

डम्बर बिकेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *