Skip to content

हजारौँ पुछ्ने सुखको आँशु

  • by

हजारौँ पुछ्ने सुखको आँशु दुःखको को पुस्छ र
तारे भिर, यो मनको पीर कसले पो बुझ्छ र

छन् गेँडी सबै मेरी सुखै सुखको खात
छैनन् गेँडी सबै टेडी दुःखै दुःखको साथ
सबै ताप्छन् बलेकै आगो निभेको को ताप्छ र
तारे भिर, यो मनको पिर कसले पो बुझ्छ र

पुजिन्छन् मान्छे भगवान् भई आफ्नै धनमा
कुँजिन्छन् मान्छे अपाँग भई आफ्नै मनमा
सबै पुज्छन् ढुंगाकै मूर्ति देउता को पुज्छ र
तारे भिर, यो मनको पिर कसले पो बुझ्छ र

डम्बर बिकेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *