Skip to content

हजुर बिना प्राण छैन


हजुर बिना प्राण छैन, कसम हजुर
कसरी विश्वास दिलाऊँ, खसम हजुर

अरुकै बारीमा फुलेँ कि भमरासँगै झुलेँ कि
हजुरको मन दुःखाई पराईसँग भुलेँ कि
हजुर बिना चैन छैन, कसम हजुर
कसरी विश्वास दिलाऊँ, खसम हजुर

पूर्व पनि हजुर पश्चिम पनि हजुर
उत्तर दक्षिण सधैँ मेरो शिरको गजुर
हजुर बिना स्वर्ग छैन, कसम हजुर
कसरी विश्वास दिलाऊँ, खसम हजुर

-डम्बर बिकेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *