Skip to content

पैसा र सेक्स

  • by
DambarBikel

तिमी धरतीकी सुन्दर फूल हौ
तिमी आकाशकी सुन्दर जून हौ
तिमी सङ्गीतकी धुन हौ
तिमी बहुमूल्य सुन हौ

तिमी हिरा हौ तिमी मोती हौ
तिमी धरतीकी चरी हौ
तिमी स्वर्गकि परी हौ
केटीलाई केटाले लेख्छ फेसबुकमा

तिमी ह्याण्डसम छौ
तिमी मृदुभाषी छौ
तिम्रो समाजमा इज्जत छ
तिमी पढेलेखेका छौ

तिमी गाडी / बङ्गलाका मालिक छौ
तिमी संसारकै सर्वश्रेष्ठ पुरुष हौ
तिमी धनवान् छौ
केटालाई केटीले लेख्छे फेसबुकमा

केटीले सोध्छे केटालाई
किन यति धेरै प्रसंसा गरेको मेरो
केटाले दिन्छ जवाफ
तिमीबाट चाहन्छु म एस।

केटाले सोध्छ केटीलाई
किन यति धेरै प्रसंसा गरेको मेरो
केटीले दिन्छे जवाफ
तिमीबाट चाहन्छु म एम ।

निरन्तर चल्छ कुराकानी रातभरि
केटा र केटीको फेसबुकमा
केटाले गर्छ प्रसंसा केटीको
केटीले गर्छे प्रसंसा केटाको फेसबुकमा

म अचम्ममा पर्छु
केटाले केटीको यति धेरै फेसबुकमा प्रशंसा गरेर के चाहन्छ त
केटीले केटाको यति धेरै फेसबुकमा प्रशंसा गरेर के चाहन्छे त

म बुझ्न चाहन्छु
सुटुक्क सोध्छु केटीलाई
तिमीले केटाबाट चाहेको त्यो एम. के हो ?
सुटुक्क सोध्छु केटालाई
तिमीले केटीबाट चाहेको त्यो एस. के हो ?

केटीले सुटुक्क मेरो कानमा भन्छे
त्यो एम. भनेको मनी
केटाले सुटुक्क मेरो कानमा भन्छ
त्यो एस. भनेको सेक्स ।

म छर्लङ्ग हुन्छु
केटीले केटाको तारिफ गर्छे मात्रै पैसाका लागि
केटाले केटीको तारिफ गर्छ मात्रै सेक्सका लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *