Skip to content

आयो कोरोना धरतीमा

  • by

आयो कोरोना धरतीमा बाँच्ने कसो गरी
घरभित्र भोकमरी बाहिर महामारी

संसारमा सबैसँग माया गाँस्ने मन छ
नजिक भई हात समाई हाँस्ने मन छ
छायो कोरोना संसारमा हाँस्ने कसो गरी
घरभित्र भोकमरी बाहिर महामारी

दुनियाँमा सबैसँग मिली बाँच्ने मन छ
अँगालो हाली कम्मर भाँची नाच्ने मन छ
धायो कोरोना दुनियाँमा नाच्ने कसो गरी
घरभित्र भोकमरी बाहिर महामारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *