मेरो माया नम्बरी हो मसी लाउनु पर्दैन
अकबरी सुनलाई कसी लाउनु पर्दैन
संसारैमा प्यारी तिमी पाएँ, तिमीसँगै प्रीति लाएँ
सयौँ जुनी माया लाऊँ, मैले यस्तो कसम खाएँ
मेरो माया तेजाबी हो मसी लाउनु पर्दैन
अकबरी सुनलाई कसी लाउनु पर्दैन
पहिलो प्रेम तिमीसँगै अन्तिम प्रेम तिमीसँगै
बाचूँ तिमीसँगै म त कसम मरुँ तिमीसँगै
मेरो माया छापावाल हो मसी लाउनु पर्दैन
अकबरी सुनलाई कसी लाउनु पर्दैन
-डम्बर बिकेल
