Skip to content

आजभोलि के भो मलाई

  • by
DambarBikel

आजभोलि के भो मलाई गुडुगुडूँ लाग्छ
पुतलीको पंख चोरी भुरभुर उडूँ लाग्छ

उसले हेरेदेखि मायाले बेरेदेखि
हाम्रो सम्बन्धमा दुनियाँले केरेदेखि
पिरतीको आगोमा त्यसैत्यसै सल्कूँ लाग्छ
चन्द्रमाको ज्योति चोरी टलटल टल्कूँ लाग्छ

कोही त आएपछि पिरती लाएपछि
हामी दुईको गीत दुनियाँले गाएपछि
पराईलाई आफ्नो त्यसैत्यसै भनूँ लाग्छ
गुलाबको बास्ना चोरी मगमग बनूँ लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *