Skip to content

यामदास घायल 'सन्तलाल'

आरम गर्ने समय

धेरै समय पछि, लगभग पाँच वर्षको अन्तराल पछि म आफ्नो गाउँ फर्किएँ । सुन्दरताले चकमन्न मेरो गाउँ । जहाँको सुन्दरताको धरातालमा टेकेर मैले मेरा आधा जिन्दगी काटेको थिएँ । तिनै माटोमा मैले सबै मेरा बाल्यकालका दिनहरू रोपेको थिएँ । त्यो भाष्मे पाखा, दाउबारी, डुण्डुप भिर, रातोमाटे डाँडा सबैका माटोहरुमा घस्रदै, चिप्लिदै र मुछिदै बिताएका थिएँ मैले मेरा बाल्यदिनहरु । त्यहाँका माटोहरुमा कति पसिनालाई रोपेर जीविका चलाएका थिए मेरा पुर्खाहरुले ।

हिजो पनि जिन्दगीले, बाँच्नै मानेन

हिजो पनि खुशीहरु, नाँच्नै मानेन
किनकि जिन्दगीले, बाँच्नै मानेन

नयनलाई यतिधेरै, पीडा परेछ
दिनरात रोइरह्यो, हाँस्नै मानेन

प्रणय दिन

“के म तिम्रो आफ्नै मान्छे बनेर बाँकी जीवन तिमीसँगै काट्न सक्छु?”

अन्तत: उन्ले बल गरेर म्यासेन्जरको लेखन पँक्तिमा शब्दहरूलाई भरेर यति एउटा वाक्य बनाई र पठाई । पठाउनु अघि उन्को मनमा अनेकौँ कुरा मात्र खेलेन । डर पनि उतिनै उम्रिएको थियो । भएभरको शक्ति निकालेर यति लेखेकी थिई उनीले । उनिले यानकि सुष्मा आलेले ।

हामीले पनि सलनाल (कोरियाको नयाँबर्ष) मनायौँ

अग्ला महलहरूले निला आकाससङग आफ्ना उचाई नाप्न अनुरोध गरे झैँ ठिङ्ग उभिएका देखिन्थे महलहरू । भूकम्पले ढाल्नुअघि सुन्धारा घुम्न गएको थिएँ । त्यतिबेला धरहराको फेदबाट धरहरा हेर्दा लाग्थ्यो । विश्वमा अग्ला घर त यो नै होला । धरहराको कौसीमा झुमिएका मान्छेका टाउकाहरू गन्न नपाउदै झरेको थियो टाउकोलाई सोभय दिईबसिरहेको कालो छात्त्तेटोपी । त्योभन्दा दसौँ गुना अग्ला महलहरूले मसँग मेरो धरहराको उचाईलाई खिसीमा उडाउदै थिए । गोराहरूको सहर यानकी कोरियाको सहर सउलमा ।

बिदाको सपना

प्रत्येक दुई हप्ताको कामपछि तेस्रो हप्ता आरामको लागि समय दिने मेरो कम्पनीले यो पटक पनि नियम अनुसार नै मलाई छुट्टी दिएको थियो । आकासले पनि आफ्ना नाङ्गा शरीर भरी दिनभरि सूर्यलाई नचाएर लागेको थकानलाई मेटाउनका लागि सुस्ताएको थियो मसँगै रातको छहारीमा । जसरी म सुस्ताइरहेको थिएँ आफ्ना दिनभरिको पसिनाले भिजेको र कामको दुखाईले थिचेको मेरो शरीरलाई लम्पसार फालेर ।

कठैबरा सोझो यो, यामदासले भन्यो

जाऊँ आज भट्टीतिर, त्यो प्यासले भन्यो
“छु अर्कै स्वादमा” बोतलको, सुवासले भन्यो

भट्टीनीको ओठको मात, मसँग छैन
नसा चुपाँउदै गर्दा, गिलाँसले भन्यो

२५ डिसम्बर

बुढी रुख,
युगौँदेखि उभिएर त्यो आँगनमा,
आफ्नै अगाडिको बुढो भवनको,
कुचिएको मुहार हेरेर,
वसन्तहरू काटिरही,
काट्न त कटिन् कयौँ वसन्तहरू,

जादुको कुर्सी

एका देशमा एउटा ठूलो गाउँ थियो । प्रकृतिको सुन्दरताले भरिपूर्ण त्यो गाउँ जहाँका हावाहरूमा सुगन्धित फूलका बास्नाहरूले भरिएका, पानीहरू पहराको यौवनले भरिएका, जहाँका फूलहरू अप्सराका मुहारको प्रतिविम्बहरूले भरिएका, जहाँका माटोहरू बुद्धका बानीहरूले भरिएका थिए । मान्छेहरू थिए, देउताका पुनर्जन्म लिएका जस्तै । सुन्दर गाउँ जस्को नाम सुन्दै मान्छेहरू धन्य महसुस गर्थे । संसारभरि सबै देशहरूमा त्यस गाउँको नाम फैलिएको थियो ।

क. हतियार

लगभग पाँच महिना पुगेछ । आमाको पाउमा निहुरेर आशिष माग्दा “सदैव हाँसी खुसी रहनु, सहरको रम्झम देखेर जन्मगाउँ र आमालाई नबिर्सनु” आशिष लिएर बताससँगै उडेका जहाज सङ्गै नयाँ ठाउँमा आइपुगेको । नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ परिबेश । जसरी आमाको गर्भबाट जन्मेको बालक नयाँ सँसारमा सिँगौरी खेल्दै हुर्कन्छ । त्यसै गरी सिँगौरी खेल्दा खेल्दै बिताएछु पाँच महिना । भौतिक, आर्थिक र प्राबिधिक विकासले धेरै अघि बढिसकेको ठाउँ । त्यै ठाउँको प्रवेशबाट नै बन्द कोठा भित्र भित्ता र हातेफोनमा चल्ने चित्रहरू हेरेरै पुर्याएछु पाँच महिना ।

घाटामा छ जिन्दगी यो

घाटामा छ जिन्दगी यो, व्यापार नफापेर
सदाबहार टिकिएन, बजार नफापेर

राम्रै थियो सेवा, सुबिधा, राम्रै थियो पद
राजीनामा दिनु पर्यो, करार नफापेर

एक रात

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल…

बिस्तारै जहाजले चलमलाउन थाले । साँझको ७:३० बजिसकेको थियो । जहाजको चारै तिरबाट कहिले अङ्ग्रेजी त कहिले कोरियन भाषामा जहाज उड्न लागेको जानाकारी दिदैथियो । नेपालको माटो छोड्नु अघि सबैलाई पुन: एक पटक सम्झिएँ । आमाको आसुँमा पीडा थप्न चाहिन र दिदीलाई फोन गरेँ- “दिदी अब जाहाज उड्न लाग्य्यो । आमाको आँखामा सधैं खुसी बनेर बस्नु । निदाएका सपनाहरूलाई सधैं सङ्गितले ब्यूँझाइरहनु । आमाको काखलाई कहिल्यै खाली हुन नदिनु………!”

कठैबरी कठै मेरी आमा

आशाको छहरीमा … बस्छिन् बरै मेरी आमा
कति आँसु पिउदी होलिन्, कठैबरी कठै मेरी आमा

आँसु झार्दै आशिष् दियौ … हासीखुसी जानू भनी
तिमी आफै रोयौ आमा … झर्यो आँसु मेरो पनि

असारे झरी

बर्खाको झरी, बादलुपारि, रुँदिहुन् आमाले, रुँदिहुन् आमाले
दैलाको तस्वीर भित्रको छोरा, छुँदिहुन् आमाले, छुँदिहुन् आमाले

रोदीमा मादल बजेको सुन्दा, रुँदो हो माँयाको मन, रुँदो हो माँयाको मन
मुग्लान पारि झरेको आँशु, पुछिदिने कसको छ मन, पुछिदिने कसको छ मन?
अगेना छेउमा बुढा बाबा, रुँदो हो लुकेर, रँदो हो लुकेर
गाउँ छोडी परदेश गएको छोरा, आँउला कि कुरेर, आँउला कि कुरेर

छोडेर सपना सारा….

छोडेर सपना सारा, जाँदैछु पर पर
आफैलाई बिर्सिदैछु, भरोसा के नै छ र

नझार्नु आमा आँशु, पारेर मन खिन्न
बाँचियो आफै मेटि, हुन्छ कि अब भिन्न

भट्टी पानी

लुक्दै लुक्दै भट्टि पानी, पिए देखि बिग्रेँ।
भट्टिनीको त्यो जवानी, पिए देखि बिग्रेँ।।1

भन्नुहुन्थ्यो हजुरबा त, ‘बानी पार्नु हुन्न।’
‘के होला र?’ भन्ने ठानी, पिए देखि बिग्रेँ।।2

त्यो दिलभरि

त्यो दिलभरि म आफैलाई, भर्न पाए हुन्थ्यो
तिम्रै काखमा जिउन अनि, मर्न पाए हुन्थ्यो

महङ्गी, लोडसेडिङ र, अभाव छ यहाँ,
तिम्रै दिलको शहरमा, सर्न पाए हुन्थ्यो

म, तिमी र झरी।

आकाशमा,
पाकक्रिडा चलिरहेछ क्यार,
बैँशालु बादलुहरुका,
त्यसैले त जोडजोडले,
बर्षीरहेछ- झरि।

आफ्नो यौवनको प्रतिछायाँ,
बैसाखको डालीमा फुलेको फूलसँग,
जेठको डालीमा झुलेको चरीसँग,
पाकक्रिडामा रमाँउदै गरेका,
तीनै बैसालु,
ढुकुर, जुरेली र तित्रासँग,
फिष्टे, मैना र झित्रासँग,
दाँज्दै दाँज्दै,
प्रकृतिको शुन्दर ऐनामा,
देखिन्छ कि भनी,
आफ्नै यौवनको प्रतिछायाँ,
भौतारिदै उभिँदा,
प्रकृतिको शुन्दर ऐनासामू,
निथ्रुक्क भिजाई दियो,
बैँश र यौवनले भरिएको,
यो मेरो भरिलो शरिर,
तिनै बैँशालु बादलुहरुका,
यौनका भेल -यो झरिले।

उभिएर भिजिरहेँ,
आफ्ना यौवनले भरिएको शरिर,
आफ्ना बैँशले पुरिएको शरिर,

ए ङा…..

ए ङा छ्याम् चिबरी, ताला वा म्हेन्दो?
सिमा छ्यामनुन् सिबरी, ताला वा म्हेन्दो?

पाँडाम्हेन्दो छार्माराङ, छार्जि ङाला सेमरी,
थे पाँडाला बास् रिबरी, ताला वा म्हेन्दो?

रिकछेन् एदा आम्राङ्साम्, क्राबा खाबा सेमरी,
क्राबा सेम्दा खिबरी, ताला वा म्हेन्दो?

थारेङ् आताउ बिमुला, चु सेम्से एदा,
थारेङ् निसाम् छ्याम् निबरी, ताला वा म्हेन्दो?

एदा डान्सि सेमनाङरी, ताङ्बा खाबा ङादा,
जैलिन् सेम्से झिबरी, ताला वा म्हेन्दो?