Skip to content


आशाको छहरीमा … बस्छिन् बरै मेरी आमा
कति आँसु पिउदी होलिन्, कठैबरी कठै मेरी आमा

आँसु झार्दै आशिष् दियौ … हासीखुसी जानू भनी
तिमी आफै रोयौ आमा … झर्यो आँसु मेरो पनि
दिए खुसी दिने मै हु … मैले पनि आँसु दिए
भाको हासो मै हाँसेर … लाग्छ तिम्रो खुसी लिए
आज भोलि निदरिमा … आउछिन सधैं मेरी आमा
कति आँसु पिउदी होलिन्, कठैबरी कठै मेरी आमा

दुख रुने सुख हाँस्ने … तिनै एउटा काख थियो
त्यो काखको संसारनै … मेरा लागि लाख थियो
छुट्यो काख टुट्यो संसारछुट्यो उतै खुसी सारा
खुसी बोक्ने काखै सङगै … छुटेछ त्यो अभिभारा
मै एता रोएको छु … रुन्छिन उतै मेरी आमा
कस्तो पीडा सम्हाल्या छिन् … कठैबरी कठै मेरी आमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *