“के म तिम्रो आफ्नै मान्छे बनेर बाँकी जीवन तिमीसँगै काट्न सक्छु?”
अन्तत: उन्ले बल गरेर म्यासेन्जरको लेखन पँक्तिमा शब्दहरूलाई भरेर यति एउटा वाक्य बनाई र पठाई । पठाउनु अघि उन्को मनमा अनेकौँ कुरा मात्र खेलेन । डर पनि उतिनै उम्रिएको थियो । भएभरको शक्ति निकालेर यति लेखेकी थिई उनीले । उनिले यानकि सुष्मा आलेले ।
सुष्माले +२ को अन्तिम वर्ष पढ्दै गर्दा उनकै साथीबाट सिकेकी थिई फेसबुक चलाउन । उनलाई सुरुमा त पढ्नुभन्दा पनि गार्हो लाग्यो तर जब बानी पर्दै गयो तब उन्लाई सबैभन्दा सजिलो त फेसबुक चलाउनै लाग्न थालेको थियो । बिस्तारै फेसबुक नै एक्लोपनको नजिकको साथी भएपछि उनले उनको बाबालाई कर गरेर स्मार्ट फोन किन्न लगाकी थिई । उनको बाबाले १२ कक्षामा पहिलो स्रेनि ल्याउने वचन दिए पछि मात्र थमाइदिनु भएको थियो स्मार्टफोन । स्मार्टफोन पाएको रात बिहान दुई बजेसम्म चलाकी थिई सुष्माले आफ्नो फेसबुक । सुरुमा क्याम्पसका केही साथीहरू सँग मात्र बोल्ने सुष्मा बिस्तारै अरुसँग पनि बोल्न थालेकी थिई । यसै क्रममा त्यहीसाल जोडिएको थियो सुमन, सुष्माको फेसबुकमा नौलो मान्छे भएर ।
१२ को परीक्षामा उतिर्ण गर्न भने सुष्माले अर्को दुई विषयको परीक्षा दुई चोटि नै दिनु परेको थियो ।
सुष्मा आले र सुमन बीच फेसबुकबाट कुरा हुन थालेको लगभग पाँच वर्ष भइसकेको थियो । सुरुमा सामान्य चिन्जानबाट सुरु भएको उनीहरूको बोलचाल समयको क्रमसँगै बिस्तारै झाँगिदै गएको थियो । बीचबीचमा कयौँ चोटि कति समय नबोलेरै पनि बिते । पछिल्लो छ महिनादेखि भने दुवै एक अर्कालाई अत्यन्त महत्व दिएर बोल्न थालेका थिए । यति मात्र हैन । यी दुवै एक अर्कालाई धेरै नै ख्याल गर्ने र माया पनि गर्ने भइसकेका थिए ।
सुमन शिक्षक थियो । गाउँको स्कुलमा नेपाली पढाँउथ्यो । सहित्यबाट स्नातकोतर गरेर गाउँ पुगेर आफ्ना साहित्यलाई अँझ झाँगिन मदत पुगोस भनेर शिक्षक बनेका थिए । सहर हुँदा कविता लेख्थे । कथा र उपन्यास पनि । मदन पुरस्कार पाएपछि भने उस्को नाम सबैले सुनेका थिए र उस्का लेख धेरैले पढ्न थालेका थिए । तैपनि उस्ले आफ्नो शिक्षण पेसालाई छोडेको थिएन । गाउँमा रहेर मात्र राम्रो सिर्जना गर्न सक्छ भन्ने उस्को मान्यता थियो ।
सुष्मा सुमनको प्रेमबाट भरिएकी थिई । लाग्थ्यो सुमन बाहेक अरु पुरुषलाई प्रेम गर्नै आउदैन । त्यसमाथि ऊ सुमनसँग विवाह गर्ने र जीवन बिताउने सपना देख्न थालेकी थिई । सहर आँउदा भेट्ने र जाने क्रम पनि धेरै नै बढेको थियो । त्यसैले एक अर्कालाई खुब प्रेम गर्थे । तर सुमनले के चाहन्थे? किन प्रेम गर्थे भन्ने कुरामा भने सुष्मा अनबिज्ञ थिई ।
उस्ले सुरुबाटै यो सालको प्रणय दिबस यानकी सबै जोडिले प्रेम साट्ने दिनको रुपमा मनाइरहेका दिनमा आफूलाई पनि प्रेमपूर्ण दिनका साथ हृदयमा छछ्ल्किएर पोखिन लागेको प्रेम आफ्नो अन्जुलिमा भरेर पिउने छ र हृदयमा राख्ने छ भन्ने पूर्ण विश्वास थियो सुष्मालाई । त्यसैले बेला बेला सम्झाई राख्थिन् तर सुमन भने वास्ता नभए जस्तो गर्थे ।
झन बिगत केहीदिन देखि त म्यासेन्जरमा सन्देश छोड्नसम्म पनि आनाकान गर्दै थिए । सधैँजसो महत्वका साथ बोल्ने सुमन मौन हुँदै गएको थियो ।
भित्तामा झुन्डिएको पात्रोमा बिहानदेखिनै १३ फेब्रवरी देखाइरहेको थियो । हावाको झोक्का सङ्गै पल्टयँङ बाजि मारिरहने पात्रो सङ्गै बिहानैबाट सुस्माको मन पनि हल्लिराखेको थियो । उनका आँखाहरू कहिल्री म्यासेन्जरका पानाहरूमा कुदथे त कहिल्य सुमका सम्झनाका बछेडाहरूमा । बिहानैबाट एक नासले टिकटिकाइरहेको घडी सिरानी माठिरहेर बाह्र बजेको सन्केत दियो । यानकी सुरु भयो प्रणय दिन । तर पनि सुमनबाट कुनै कुरा आएन अँझ अर्को कुरा त उन्ले बिहान पठाको सन्देशसम्म हेरेको देखाइन म्यासेन्जरमा । अन्तत: आफैले लामो वाक्या लेखी र म्यासेन्जरको हुलाकी पेटिकामा खसाली । तर कति पवनलेभन्दा छिट्टो पुर्यायो त्यो वाक्यालाई सुमनको पेटिकामा । र डरैडर र सङ्कै सङ्कामा उनी आफूलाई बिछ्याई बिछ्यौनमा ।
भित्तामा भितेपात्रोले १४ फेब्रेवरीको दिन देखाई राखेको थियो भने घाडी आफ्नै रफ्तारमा दौडदै थियो । सुष्माको स्मार्ट्फोन भने सुष्मा सङ्गै निदाएको थियो किनकि सुष्माले सन्देश छोड्ने बितिकै श्वास थुनिदिएको थियो ।
