Skip to content

यामदास घायल 'सन्तलाल'

अब हाम्रो मायाँको…..

अब हाम्रो मायाँको, बिमा गर्नुपर्छ।
जसले दु:ख दिन्छ उसले, क्षति भर्नुपर्छ।।1।।

मुनामदन, राधाकृष्ण, भन्दा प्यारा भयौँ।
यता ठेस लाग्दा त्यता, चोट पर्नुपर्छ।।2।।

बिरानो ठाँउ….

बिरानो ठाँउ, एक्लै भाछु, साथ पर्ने मुटु छैन।
यस्तो लाग्छ दुनियाँमा, मायाँ गर्ने मुटु छैन।।1।।

जे जे खोज्छ हृदयले, हत्केलामा सोहि छैन।
दुखियालाई दया गर्ने, सँसारैमा कोहि छैन।
सोधिहेरेँ छायाँसित, छायाँले नै ढाँट्दो रैछ।
दिलभित्र बसीबसी, आफ्नैले मन काट्दो रैछ।
काटेको मन फाटेको प्रेम, फेरी भर्ने मुटु छैन।
यस्तो लाग्छ दुनियाँमा, मायाँ गर्ने मुटु छैन।
बिरानो ठाँउ, एक्लै भाछु….।।2।।

मायाँ गर्ने आमा मेरी, छोडि आएँ दु:खमाझ,
सम्झिएर आमाको काख, झार्छु आँशु दिनै आज।
हत्केलामा रेखा कोर्दा, निधारको भाग्य फेरे,
फेरिदिन्थेँ आफ्नै भाग्य, चाहेर यो भाग्य फेरे।

बलत्कार

केही समय उकालो बाटोमा आफैलाई ठेल्दै चढेपछि हामी डाँडाको भञ्ज्याँङमा आइपुग्यौँ। लाकुरीको बोटलाई प्रेमले स्पर्श गर्दै बहेको पवनले थकानलाई उडाँउदै थियो। भञ्ज्याङको कुनामा बगेको धाराको पानीले शरिरलाई चिसाए पछि भञ्ज्याङ्को चौतारीमा बिसायौँ आफ्नो भारी शरिरलाई। आँखा अगाडि पहाडहरू वसन्त रँग भरेर उभिएका थिए। सेता गिरीहरू झन चकमन्न देखिन्थे। उनी, औँला सोझ्याँउदै सेता गिरीहरू चिनाँउदै थिई। एकैछिनको दृष्टिपात पछि एक्कासि नजरहरू नजिकैको शुन्दर स्थलमा पर्यो। जुन पहाडको शिरैमा थियो। लगभग दशवटा जति गुराँसका बोटले घेरिएको स्थान, जहाँ फूलै फूलले रँगिएको थियो।

सुनको भाउ र मेरो परिश्रम

सुनको भाउ,
हिजोभन्दा आज,
आजभन्दा भोली,
जाँदैछ बढ्दै,
लाक्दैछ उकालो,
त्यस्तै गरि,
हिजोभन्दा आज,
आजभन्दा भोली,
बढ्दैछ परिश्रम,
बगाँउदैछु पसिना,
परिश्रमले उकालो चढ्दैछ,
कुददैछन् दुबै उतिकै,
दौडदैछन दुबै उतिकै,
सुनको भाउ आफ्नो रफतारमा दौड्दैछ।
मेरो परिश्रम,
त्यसैलाई भेट्न दौडाँउदैछु,
तर भेट्दैन,
कहिल्यै पनि,
मेरो परिश्रमले त्यो सुनको भाउ।
अझ छिटो दौडौन,
मैले छोडेको छु,
राम्रो लगाउन,
मिठ्ठो खान,
घुम्न,
रमाईलो गर्न,
तर पनि भेटाउन सक्दैन कहिल्यै,
मेरो परिश्रमले सुनको भाउ।
किनकी,
मेरो परिश्रम,
जतिसुकै कडा भएपनि,
जतिसुकै छिटो भएपनि,
मेरो परिश्रम भन्दा,

देश बचाएर राख्नेहरू

घुम्दै जाँदा,
काठमाडौँमा,
सडकको कुनामा,
काँचा फालिएका दाउराहरू बटुलेर,
आगो फुक्दै,
पसिनाको घोका पोलेर,
बेचिरहेका देखेँ।
तिनै पसिनाको घोको,

म अवश्य आउनेछु

‘माया,
ऊ त्यो पहाडको शिरैभरि हेर त,
हो,
त्यो शिरैभरि,
पालुवाहरू पलाउने समय,
गुराँस चकमन्न फुलेको समय,
तिनै गुराँसका थुङ्गा र पालुवाको कोकिल्लामा,
कोईलीले गाउने समय,
त्यो चौतारीमा,
गोठालाले बाँसुरीमा आफ्ना मायालुको गीत गाउने छन्।

म मरेर गए पनि, मेरो देश बाँचिरहोस्।

निल गिरीको मुहार हेरी, सेता गिरी हाँसिरहोस।
‘म मरेर गए पनि, मेरो देश बाँचिरहोस।’।।1।।

छङ्छङ् बग्ने छहरामा, ईन्द्रेणीले रँग भर्दै।
अझै माथि चढोस देश, मेरै काँधमा टेको टेक्दै।
भोको, नाङ्गो नहुन् कोहि, सब्को अधिकार रहोस्।
जनताको चुलो निभ्दा, सरकार आँशु झरोस्।
ओठहरु गाईरहोस्, डाँफे, मुनाल नाचिरहोस्।
‘म मरेर गए पनि, मेरो देश बाँचिरहोस।’।।2।।

शहिदका सपनाहरु, साकार होउन साझा बनुन्।
सबैलाई देशको मायाँ, मुटु भित्र गाढा बनुन्।
देवीदेवता घुम्ने थलो, मेरै सगरमाथ चूली।
अझै छर्छ मिठ्ठो बास्ना, बनै भरि गुराँस फुली।
सँसारले मेरै देशमा, सधैँ नाता गाँसिरहोस्।

हत्केलाको रेखा……

हत्केलाको रेखा हेरि, भाग्य भन्छु भन्यौ।।
भाग्यमा रैछ भने, तिम्रै बन्छु भन्यौ।।1।।

‘बाँझो त्यो दिलबारीमा, फूल रोप्नलाई।
चट्टानै भए पनि, जोत्छु खन्छु’ भन्यौ।।2।।

अरुले तिरस्कार र, घृणा गर्दा गर्दै ।
‘आफन्तैको पँक्तिमा, म गन्छु’ भन्यौ।।3।।

मेरो जीबन सहज छैन, भन्दा भन्दै किन?
‘जति दुख परे पनि, सहन्छु भन्यौ?4?

प्रेम दिबसको प्रेम


ओठभरि प्रेमको मुस्कान बोकेर
हातभरि प्रेम पुष्पा च्यापेर
हृदयभरि प्रेमको आश्था राखेर
उड्दै थिएँ प्रेमको आकाशमा
पौडदै थिएँ प्रेमको सागरमा
दौडदै थिएँ प्रेमको रँगशालामा
उडादा उड्दै
पोडदा पौडदै
दौडदा दौडदै
थकिएछन् मेरा पाईलाहरु
थाकिएछन् मेरा अबयबहरु
थाकिएछन् मेरा चाहानाहरु
थाकिएछन् मेरा भाबनाहरु
एकैछिन सुस्ताउँछु भनेर
एकैछिन सुसाँउछु भनेर
प्रेम वृक्षको चौतारीमा
उभिएको थिएँ
छेवैमा उभिएको कसैले
मेरा हातहरु चुमे
मेरा निधारहरु चुमे
मेरा ओठहरु चुमे
म पनि
चुमी रहेथेँ
ओठ
हात
निधारहरु
पालैपालो
जब म आफूलाई
उसैमा बिलिन पार्न खोज्दै थिएँ
एक्कासी टेलिफोनको घण्टि बज्यो

आफ्नै छायाँ पराई भयो,…..

आफ्नै छायाँ पराई भयो,
चोखो मायाँ मरेपछि।
सबैबाट एक्लो भएँ,
मैलाई दु:ख परेपछि।।1।।

फुलिरन्जेल् सब्को प्यारो,
भुँई झरेसी किल्चिहिन्छन्।
सुख हुँदा सबै आफ्नो,
दु:ख पर्दा कहाँ चिन्छन्?
आफ्नोले नै रेट्यो मुटु,
मन अन्तै सरेपछि।
सबैबाट एक्लो भएँ,
मैलाई दु:ख परेपछि।।2।।

जस्ले भन्थे भाग्यमानी,
उसैले नै भाग्य खोस्यो।
जस्लाई पुज्थेँ आफैँ टिपी,
उसैले नै पिडा ठोस्यो।
जँघारैमा छाडिएँ म,
उनी किनार तरेपछि।
सबैबाट एक्लो भएँ,
मैलाई दु:ख परेपछि।।3।।

दुख्छ छाती

दुख्छ छाती, सधैंं राति, किन होला साथी?
दैव लाती, पिरका ताँती, पर्छ मैमाथि

देवता पनि, चोट गनी, दिँदा रहेछ नि
फूलपाती, मूर्तिमाथि, नचढाकै जाति

बियोगको आँधीबेहरी

बियोगको आँधीबेहरी, चल्छ मुटुभित्र
तर पनि यादको आगो, बल्छ मुटुभित्र

मौसम आफै याद बनी, खुलिरहेको छ
फूल तिम्रै मुहार बोकी, फुलिरहेको छ
जुन, तारा चम्किरन्छ, तिम्रो नयन झैँ
त्यसैले त गाह्रो भयो, भुलिदिनलाई
फूलको धारले रेटेको, पल छ मुटुभित्र
बियोगको आँधीबेहरी, चल्छ मुटुभित्र

अन्तै मायाँ गाँस्यौ तर

अन्तै मायाँ गाँस्यौ तर, के गुनासो गरुँ?
चोखो मायाँ मास्यौ तर, के गुनासो गरुँ?
तिम्रो घर भत्काउने, नियति थिएन
केबल जिउन चाहेकोथेँ, भाग्यले दिएन

डाकिरहेँ मनैमनले, सारिरह्यौ भाका !
तिम्लाई के था तिम्रै यादमा, कति भिज्यो आँखा
तिम्रो जस्तै ढुङ्गाको मन, मेरो पनि भए
किन रुनु पर्थ्यो र, मनै पत्थर रहे

भन न जुन भन न हे तारा,….

भन न जुन भन न हे तारा, तिमीले त देख्यौ कि आमालाई।
भन हावा भन न हे बादल, तिमीले पो भेट्यौ कि आमालाई।

बिदा माग्न शिर पाउमा झुकाँउदा, रुँदै भन्थि खुसीहोस्, राम्रोहोस्।
आँशु खस्दा आमाको पावैमा, छुँदै भन्थि भाग्यले नहारोस्।
आँशुसँगै मायाँलाई भिजाई, आशिष भन्दै निधारमा थमाँउदै।
ओठैबाट मनैलाई भनेथी, हिँडे बाबु सुखले रमाँउदै।
के गर्दै छिन् रुन्छिन कि हाँस्दै छिन्? तिमीले त देख्यौ कि आमालाई।
भन हावा भन न हे बादल, तिमीले पो भेट्यौ कि आमालाई।

झुपडिले थाम्यो कि थामेन! बर्खे झरि, आमाको आँशुलाई?!
अगेनामा बल्यो कि बलेन, काँचो दाउरा, आमाको भोक खै!?

ओत लाग्ने पिपलु छायाँलाई

ओत लाग्ने पिपलु छायाँलाई, अँझै मैले बिर्सेको छैन नि
बाल्य बेला लाएको मायाँलाई, अँझै मैले बिर्सेको छैन नि

टिपेर फूल गुराँसे बनैमा, राखि दिन्थ्यौ अन्जन यो मनैमा
खेल्थ्यौँ हाँस्थ्यौँ जुरेली चरि झैँ, वसन्तको गोदोली बनैमा
सम्झना छ पातैमा लेखेको, तिम्रो मेरो नामैको काहानी
सम्झी ल्याँउदा बाल्यदिनहरू, पतै नपाई खस्छन यी मनपानी

तिमै जेठो सन्तान बनी, जन्म लिनेछु म

एकार्कामा छुटियौ, केहि गुनासो छैन।
अरु जस्तो स्वार्थीमाँया, लगाउने म हैन।
म मरुँला तर एउटा, बाचा दिने छु म।
तिम्रै पहिलो सन्तान बनि, जन्म लिने छु म।।1।।

सँगै जिउने सँगै मर्ने, कसम खाएका छौँ।
कुल देवता साक्षी राखि, मायाँ लाएका छौँ।
खाएको कसम भुल्ने, म बेमानी हैन।
यो जुनीमा सँगै जिउने, बिकल्पनी छैन।
तर तिम्रै सन्तान भए, सँगै जिउन पाँउछु।
तिम्रो मायाँ दशधारमा, रुँदै पिउन पाँउछु।
त्यसैले त मर्नै पर्छ, बाचा दिनेछु म।
तिम्रै पहिलो सन्तान बनि, जन्म लिनेछु म।।2।।

खेल खेल्ने हो?

मन पर्ने मन पराउने, खेल खेल्ने हो?
हृदयलाई ढकढकाउने, खेल खेल्ने हो?

परेलीमा मै लुकुँला, तिम्ले खोज्नु पर्ने,
बिजयीलाई दिल थमाउने, खेल खेल्ने हो?

लुकारुको छाँया भन्दा मायाँ , देख्नु पर्ने,
नियम बनाई पछ्याउने, खेल खेल्ने हो?

जालझेल नगरेर, निश्पक्ष रुपमा,
सुम्पने र सुम्पाउने, खेल खेल्ने हो?

बाल्यकालमा बिहेवारी, खेल खेले जस्तै,
खाली शिँउदो रँगाउने, खेल खेल्ने हो?