हिजो पनि खुशीहरु, नाँच्नै मानेन
किनकि जिन्दगीले, बाँच्नै मानेन
नयनलाई यतिधेरै, पीडा परेछ
दिनरात रोइरह्यो, हाँस्नै मानेन
हिजो पनि खुशीहरु, नाँच्नै मानेन
किनकि जिन्दगीले, बाँच्नै मानेन
नयनलाई यतिधेरै, पीडा परेछ
दिनरात रोइरह्यो, हाँस्नै मानेन
निमोठेर श्वासहरु, निदाउँ भनेको
हृदयले कलिला याद, भाँच्नै मानेन
पिरतीको ईतिहास, मेटुँ भन्छु म
तर मनले तिम्रो सालिक, मास्नै मानेन
रातैभरि रुझिइरह्यो, सिरानीले कठै
तर पनि केही गुनासो, राख्नै मानेन
