घाटामा छ जिन्दगी यो, व्यापार नफापेर
सदाबहार टिकिएन, बजार नफापेर
राम्रै थियो सेवा, सुबिधा, राम्रै थियो पद
राजीनामा दिनु पर्यो, करार नफापेर
दराजमा सजाइएका, काँचका खुसीहरू
आँखाबाट झरिराछन्, त्यो प्यार नफापेर
मै गर्दैथेँ शासन अनि, मै गर्दैथेँ राज
त्यही दिलको शासन खुस्क्यो, सरकार नफापेर
दुनिया नै छक्क थिए, शासन त्यो हेरि
भट्टीमा बास छ अचेल, दरबार नफापेर
