यामदास घायल 'सन्तलाल'
दिलको दैलो उघारी हेरेँ, आएछ असार। मनको पाखा नियाली हेरे, छाएछ असार।
दिलैको दैलो उघारी हेरेँ, आएछ असार।
मनको पाखा नियाली हेरेँ, छाएछ असार।
हली दाईको सिवैपिच्छे, खसेछ पसिना;
पसिना उठाई छामेर हेरेँ, दाएछ असार।
छुपुछुपु हिलोमा धान, रोपेसी आमाले;
लाठ्ठे दाईले बाउसेसँगै, गाएछ असार।
दुहुनु गाई दुहेर जाँदा, आलीको डिलमा;
हलो छुँदा चक्र दाईले, पाएछ असार।
सँगिनीहरु हिलोमा छ्याप्दै, रमेको देखेर;
‘यामदास घायल’ले सोच्यो, लाएछ असार।
हाम्रो देशमा एउटा बुद्ध, जन्म्याथ्यो रे हो र आमा?
हाम्रो देशमा एउटा बुद्ध, जन्म्याथ्यो रे हो र आमा?
देशकै छाती बनि जुद्ध, जन्म्याथ्यो रे हो र आमा?
बर्गिय, लैँगिय र,जातिय असमानता;
अन्त्य गर्न देशमा युद्ध, जन्म्याथ्यो रे हो र आमा?
समाजले राखेको रे, मेरो जात तामाङ भनि;
जन्ममा म नाङ्गै शुद्ध, जन्म्याथ्यो रे हो र आमा?
अँशबण्ड नमिलेर, हाम्रा बाका दाजुभाईमा;
हल्ला सुन्छु ठूलै मूद्ध, जन्म्याथ्यो रे हो र आमा?
उडि गई चन्द्र लोकमा, देशको झण्डा गाड्छु।
जन्म दिने मातृकोखमा, देशको झण्डा गाड्छु।
जिन्दगीको प्रत्येक चोकमा, देशको झण्डा गाड्छु।
एकै छाक टार्न पनि, देह बेच्छे साँईली;
साँईलीको निम्ति भोकमा, देशको झण्डा गाड्छु।
देशको निम्ति आफ्नै शिर, चढाउने मर्दा;
देशलाई पर्ने हरेक शोकमा, देशको झण्डा गाड्छु।
लौन ईश्वर मलाई पनि, पखेटा हालि देउ;
उडि गई चन्दलोकमा, देशको झण्डा गाड्छु।
अब नाङ्गै हिँड्ने छन्, यूवायुवती……..
बिग्रेको देश अखबारले, देखाईरहेछ।
हुन्छ युद्ध हतियारले, देखाईरहेछ।
यो देशमा कुनै दिन, मारामार चल्छ;
बढ्दै गा’को अत्यचारले, देखाईरहेछ।
धन नहुने गरिबहरु, भोकभोकै मर्छन्;
पक्षपाती सरकारले, देखाईरहेछ।
अब नाङ्गै हिँड्नेछन्, युवायुवती;
रँगिएको बजारले, देखाईरहेछ।
अकालैमा आफ्नै घरमा, मर्नेछन् नारी;
पुरुषको ब्यबहारले, देखाईरहेछ।
बुबाको शिर र सगरमाथ,……..
बुबाको शिर र सगरमाथ, उस्तै लाग्छ मलाई।
पुर्णीमा र औँशीरात, उस्तै लाग्छ मलाई।
भोको पेट आँशु झार्दै, जीवनसँग लड्छिन्;
नालापानी र आमाको गाथ, उस्तै लाग्छ मलाई।
आफ्नो ईज्ज्वत गुमाउन, आफै हात उठाउने;
यौवन र नशामात, उस्तै लाग्छ मलाई।
पानी छुन हुन्न भन्दै, छेक्छन् दलितलाई;
तर दलित र आमाको हात, उस्तै लाग्छ मलाई।
आफैँ खाँउ आफैँ लाँउ, मात्र सोच्छन् मान्छे;
कुकुर र मान्छोको जात, उस्तै लाग्छ मलाई।।
मुटु रेटि हाँस्नु पर्ने…..
मुटु रेटि हाँस्नु पर्ने, कस्तो सम्झौता हो?
आफै मारी बाँच्नु पर्ने, कस्तो जिबन यो?
आफै छोडि उडेर मन, जान्छ परपर।
उडेको मन समाईदिने, आफ्नो को’नै छर!?
लेखिएका अतित ती, हृदयको माझ।
झनै प्यारो लाग्न थाल्यो, तीनै हिजो आज।
आफैँ नाघि हिँड्नु पर्ने, कस्तो गन्तब्य हो?
आफै मारी बाँच्नु पर्ने, कस्तो जिबन यो?
आफ्नै छायाँ आफैबाट, टाढा भाग्न थाल्यो।
आफैलाई आफै आज, नौलो लाग्न थाल्यो।
गुराँस सरि फूलिएका, मेरा यीनै मन।
ओईलिएर झर्न थाले, आज तीनै मन।
आफैबाट भाग्नु पर्ने, कस्तो बाध्यता हो?
आफै मारि बाँच्नु पर्ने, कस्तो जिबन यो?
म कसरी भुल्न सक्छु र आमा?
मलाई काखीभरि अटाएर,
आफ्नै छातीमा अठ्याएर,
शैलुङ्गको बतासबाट बचाई,
हिमालको चिसोबाट जोगाई,
तराईको गर्मीबाट टढाई,
सुन्तला, जुनार र काफल खुवाई,
ऐँसेलु, घँघेरु र गुराँस खुवाई,
आफ्नो औँलामा नौनी दलेर चुसाई,
तातेताते गर्दै हिँडन सिकाएको,
आफ्नै माटोमा हुर्काएको,
मेरो प्यारो रामेछापलाई,
मेरो प्यारो जन्मभूमीलाई,
म कसरी भुल्न सक्छु र आमा?
पहाड झै स्थिर हुन सिकाउने,
बतासले झैँ कूरितिको सिमा तोड्न सिकाउने,
नदिले झैँ निरन्तर सँघर्ष गर्न सिकाउने,
र,
समाज बिरुद्द,
मेरा हातहरुले हतियार समाँउदा,
कलम थमाई,
शिक्षा क्रान्तिको पाठ सिकाउने,
बिचार क्रान्तिको पाठ सिकाउने,
ङादै एलान् मिसी च्याबा (तामाङ गजल)
ङादै एलान् मिसी च्याबा, सेम खाजी बोईमा।
एलान् लिरि छ्यामनुन् नेबा, सेम ताजी बोईमा।
ङाला धिम, आबा, आम्दा, ज्यानलाला बिसाम्;
एथेन् धिमनाम् सोबारी, ङाम् राजी बोईमा।
जोरीबैरीला ओन्साङ्ऱि, जा गिला आम्से;
जन्ति लासी होन्बारी, रहर लाजि बोईमा।
पिन्ला एदा सोदेदोना, चु डेन्बा मायाँ;
तिल्दा तोजी आईन् वा थे, म्हारम्हुई पाजी बोईमा।
म्हेन्दो
मिख्लिसे ग्यालाम् पाङ्ला, आक्रागो ह्या म्हेन्दो।
ए ङाला सेम्तीङ् टाङ्ला, आक्रागो ह्या म्हेन्दो।
खाई पिन्ला मायाँ एदा, थेसे ङासे जति;
घाईमा तोला घाईमा बाङ्ला, आक्रागो ह्या म्हेन्दो।
घ्यामरी म्हेन्दो ठाम्आखाम्सै, पुजु ल्हेसी पिन्ला;
चुराङ्बान् टिम् भाग्या ह्याङ्ला, आक्रागो ह्या म्हेन्दो।
घाईमागी माङ्ररी खामा, डान्बा खाला सेम्दा;
एसे क्रामा थेसे म्राङ्ला, आक्रागो ह्या म्हेन्दो।
ख्रेन्बा न्हासी, फ्युबा न्हासी, ङा सोदेदोना;
जतन लाला मायाँ राङ्ला, आक्रागो ह्या म्हेन्दो।
- « Previous
- 1
- 2
- 3

यामडाँडाको छहरीमा,