छोडेर सपना सारा, जाँदैछु पर पर
आफैलाई बिर्सिदैछु, भरोसा के नै छ र
नझार्नु आमा आँशु, पारेर मन खिन्न
बाँचियो आफै मेटि, हुन्छ कि अब भिन्न
च्यातेर इच्छापत्र, लेख्दैछु कर्मरेखा
ओढेर यामखोल, टार्दैछु भाग्य लेखा
रोकिन्छ कहाँ पुगी, पाईलाको के नै भर
छोडेर सपना सारा, जाँदैछु पर पर
फाटेको चोलियाको, तुनामा झुण्डिएको
झरेको जिन्दगीको, मुनामा उम्रिएको
त्यो माया साँच्नु आमा, म आँउला दिप् उचाली
अध्याँरो जिन्दगीमा, उज्यालो दियो बाली
खोजेथेँ खुसी दिन, झरेछ आँशु तर
छोडेर सपना सारा, जाँदैछु पर पर
