सुनको भाउ,
हिजोभन्दा आज,
आजभन्दा भोली,
जाँदैछ बढ्दै,
लाक्दैछ उकालो,
त्यस्तै गरि,
हिजोभन्दा आज,
आजभन्दा भोली,
बढ्दैछ परिश्रम,
बगाँउदैछु पसिना,
परिश्रमले उकालो चढ्दैछ,
कुददैछन् दुबै उतिकै,
दौडदैछन दुबै उतिकै,
सुनको भाउ आफ्नो रफतारमा दौड्दैछ।
मेरो परिश्रम,
त्यसैलाई भेट्न दौडाँउदैछु,
तर भेट्दैन,
कहिल्यै पनि,
मेरो परिश्रमले त्यो सुनको भाउ।
अझ छिटो दौडौन,
मैले छोडेको छु,
राम्रो लगाउन,
मिठ्ठो खान,
घुम्न,
रमाईलो गर्न,
तर पनि भेटाउन सक्दैन कहिल्यै,
मेरो परिश्रमले सुनको भाउ।
किनकी,
मेरो परिश्रम,
जतिसुकै कडा भएपनि,
जतिसुकै छिटो भएपनि,
मेरो परिश्रम भन्दा,
सयगुणा बढि उक्लिन्छ,
सयगुणा बढि दौड्न्छ,
सुनको भाउ,
त्यसैले त कहिल्यै भेट्दैन,
मेरो परिश्रमले सुनको भाउ।
28-फाल्गुन, 2072
