सक्छौ भने चितासँगै, आत्मा गलाई दिनु
मलाई मेरै रामेछापको, घाटमा जलाई दिनु
मरेँ भने केही गरि, तिम्रो शहरमा;
खोजीखोजी आफन्तको, हातमा मलाई दिनु
रुन्छिन होली मेरी आमा, म मरेको पल;
आमालेनी नदेखुन् है, रातमा जलाई दिनु
मेरै रगतले रँगाई, मेरो देशको ध्वजा;
ध्वजासँगै शिरको बलि, साथमा चढाई दिनु
