दुख्छ छाती, सधैंं राति, किन होला साथी?
दैव लाती, पिरका ताँती, पर्छ मैमाथि
देवता पनि, चोट गनी, दिँदा रहेछ नि
फूलपाती, मूर्तिमाथि, नचढाकै जाति
मन पिरमा, तन झिरमा, छैन आफै थिरमा
तर साथी, विश्वास घाती, पार्छन् घाउ ढाँटी
देखी नोट, प्रेमको बोट, भाँच्दै दिन्छन् चोट
मूटु माथि, डोभ काटी, हिँड्छन् यादको हाती
आफ्नै बनी, तिम्रै भनी, कसम खाँदा पनि
मलाई ढाँटी, नाकै काटि, बरालिन्छे माती
