Skip to content

बिरानो ठाँउ, एक्लै भाछु, साथ पर्ने मुटु छैन।
यस्तो लाग्छ दुनियाँमा, मायाँ गर्ने मुटु छैन।।1।।

जे जे खोज्छ हृदयले, हत्केलामा सोहि छैन।
दुखियालाई दया गर्ने, सँसारैमा कोहि छैन।
सोधिहेरेँ छायाँसित, छायाँले नै ढाँट्दो रैछ।
दिलभित्र बसीबसी, आफ्नैले मन काट्दो रैछ।
काटेको मन फाटेको प्रेम, फेरी भर्ने मुटु छैन।
यस्तो लाग्छ दुनियाँमा, मायाँ गर्ने मुटु छैन।
बिरानो ठाँउ, एक्लै भाछु….।।2।।

मायाँ गर्ने आमा मेरी, छोडि आएँ दु:खमाझ,
सम्झिएर आमाको काख, झार्छु आँशु दिनै आज।
हत्केलामा रेखा कोर्दा, निधारको भाग्य फेरे,
फेरिदिन्थेँ आफ्नै भाग्य, चाहेर यो भाग्य फेरे।
दुखेको मन सुकेको प्रेम, फेरी सर्ने मुटु छैन।
यस्तो लाग्छ दुनियाँमा, मायाँ गर्ने मुटु छैन।
बिरानो ठाँउ, एक्लै भाछु, साथ पर्ने मुटु छैन।
यस्तो लाग्छ दुनियाँमा, मायाँ गर्ने मुटु छैन।।3।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *