अन्तै मायाँ गाँस्यौ तर, के गुनासो गरुँ?
चोखो मायाँ मास्यौ तर, के गुनासो गरुँ?
तिम्रो घर भत्काउने, नियति थिएन
केबल जिउन चाहेकोथेँ, भाग्यले दिएन
डाकिरहेँ मनैमनले, सारिरह्यौ भाका !
तिम्लाई के था तिम्रै यादमा, कति भिज्यो आँखा
तिम्रो जस्तै ढुङ्गाको मन, मेरो पनि भए
किन रुनु पर्थ्यो र, मनै पत्थर रहे
कति मरे रहर मेरा, नब्यूँझिने गरी
कति बगे आँशु भेलमा, नफर्कने गरी
चोटैचोटले घायल बनी, बारम्बार मर्दा
कति गाह्रो हुँदो रैछ, मनको चाह झर्दा