म
ओठभरि प्रेमको मुस्कान बोकेर
हातभरि प्रेम पुष्पा च्यापेर
हृदयभरि प्रेमको आश्था राखेर
उड्दै थिएँ प्रेमको आकाशमा
पौडदै थिएँ प्रेमको सागरमा
दौडदै थिएँ प्रेमको रँगशालामा
उडादा उड्दै
पोडदा पौडदै
दौडदा दौडदै
थकिएछन् मेरा पाईलाहरु
थाकिएछन् मेरा अबयबहरु
थाकिएछन् मेरा चाहानाहरु
थाकिएछन् मेरा भाबनाहरु
एकैछिन सुस्ताउँछु भनेर
एकैछिन सुसाँउछु भनेर
प्रेम वृक्षको चौतारीमा
उभिएको थिएँ
छेवैमा उभिएको कसैले
मेरा हातहरु चुमे
मेरा निधारहरु चुमे
मेरा ओठहरु चुमे
म पनि
चुमी रहेथेँ
ओठ
हात
निधारहरु
पालैपालो
जब म आफूलाई
उसैमा बिलिन पार्न खोज्दै थिएँ
एक्कासी टेलिफोनको घण्टि बज्यो
ठिक बाह्रा बजेछ मध्यरातको
म सलबलाएँ
म हलचलाएँ
चिसो ओछ्यानले चुमीरहेथ्यो
निधार
ओठ
गाला
लर्बराँउदै
रिसाँउदै
उठाएँ फोनको रिसीभर
रिसीभर बोल्दै थियो नारी अवाजमा
‘”म तिमीलाई मायाँ गर्छु।”
‘सँसारकै सबैभन्दा धेरै
शायद मैले जति मायाँ
कसैले कसैलाई गरेकै छैन
कसैले कसैलाई लाएकै छैन
कसैले कसैलाई दिएकै छैन
हो म त्यस्तो मायाँ
गर्छु तिमीलाई
शायद यो बर्ष
मैले पहिलो पटक
तिमीलाई फोन गरेको छु
मनको कुरा गरेको छु
प्रेम गरेको छु
त्यसैले हाम्रो प्रेम
भ्यालेन्टाईनका जस्तै हुनेछ
मलाई बिश्वास छ
अब हामी
जनम जनम
तिमी मेरो
म तिम्रो
हुनेछ।’
सबै बकबास सुनिसके पछि
मैले प्रश्न गरेँ
“तिमी को हौ?”
जबाफमा बोल्यो रिसिभर
‘म तिम्री प्रेमिका हुँ।
म तिम्री प्रेमकी खानी हुँ।
म तिम्री रानी हुँ।
जसलाई तिमीले
कहिल्यै पनि
प्रेमको नजरले हेरेनौ
सधै सधै
घृणा गरि रह्यौ।
हो म त्यहि
तिमीले कहिल्यै मन नपराएकी …….’
