म भित्र थिएँ
तिमी बाहिर
खुशीमा रम्ने चाह
रहर
बादल जस्तो
मैं हुँ भन्दै
चन्द्र छेक्न पुग्छु
कहिले सूर्य छेक्न
आखिर मेरो क्यै लागेन
हावा हुर्केको साथ
एक बनेर
जताततै हावाहुरीसँगै
लाग्नु भाग्यमा लेखेको जस्तो
चित्तलाई सम्झाएँ बुझाएँ
हिजो एक्लो थिएँ
आज साथ साथ
भोलि फेरि टाढा
तिमी को ? म को ?
हिजोको कुरा छोडौं
भोलिको कुरै नगरौं
आज हामी एक हौं
रमाइलो गरौं
खुशी साटौं ।
