सुरेन्द्र महर्जनको देश भक्ती गीत सार्वजनिक
काठमाडौ, वीर नेपालीहरूको शिर भनेको सगरमाथा, सगरमाथा न झुक्छ न टुट्छ सँधैभरी उच्च रही रहन्छ । सगरमाथा नेपालीहरूको पहिचान हो देशको शान हो नेपालीहरू सबैको हृदयमा बालकदेखि वृद्धसम्म जन्मेर नमरुँन्जेल सदा मन र मुटुका रही रहने आफ्नो पहिचान भन्नू देश हो ।
“वीर नेपालीहरूको शिर हो सगरमाथा
चार भञ्ज्याङ्ग हाम्रै हो गाउँछौ देशको गाथा,
गाउँछौँ देशको गाथा”
सम्पूर्ण नेपालीहरूलाई गीतकारले देशकोलागि एक हुन आव्हान गरेको यस म्युजिक भिडियोमा देख्न सकिन्छ । गोल्डेन क्रियशनको आयोजनामा सार्वजनिक गरेको उक्त कार्यक्रममा नेपाल चलचित्र पत्रकार संधका अध्यक्ष पत्रकार शान्ती पियाले गीतको म्युजिक भिडियो सार्वजनिक गर्नु भएको थियोे उक्त कार्यक्रममा गीतको बारेमा पत्रकार शान्ती पिया, निर्देशक सरोज श्रेष्ठ, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार राम कार्की र स्वयं गायक/लेखक सुरेन्द्र महर्जनले गीतको बारेमा बोल्नु भएको थियो उक्त कार्यक्रमको सभापति सन्तोष श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम संचालन रेडियो उद्योसक, पत्रकार तथा मोड्ल के. के अधिकारीले गर्नु भएको थियो ।
नेपालको बारे लेखिएको नेपालीहरूको बारेमा लेखिएको नेपालीहरूले गर्नु पर्ने भावहरू व्यक्त गरिएको गीतका सिर्जनाकार कवि, गीतकार, चित्रकार तथा गायक सुरेन्द्र महर्जन “अमर” को रचनामा राम कार्कीको उत्कृष्ट संगीतमा तयार भएको उक्त गीतमा गायक सुरेन्द्र महर्जनको आफ्नै आवाज रहेकोे छ । उक्त गीतमा विनिता घिमिरे, शान्ती कार्कीको साथै साथीहरूको पनि स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा कलाकारहरू निराजन, रोशन, रिजन, सन्तोष आदि सबैले शिर्षक सुहाउँदो राष्ट्रियता झल्काउने भेषभूषामा सजिएर नेपाल र नेपाली सबै एक हुनु पर्नेमा जोड दिएको छ । नेपाल रहे नेपाली रहने र देशकोलागि मर्छौ झुकाउन्नौ माथा भन्ने नारा बोकेरको देश भक्तीको विषयमा लेखिएको अनि म्युजिक भिडियो पनि बिषय बस्तु सुहाउँदो रहेको छ । भिडियोको निर्देशन सरोज श्रेष्ठले गर्नु भएको छ भने मधुशाला म्युजिकको अडियोमा भिडियो शुभयात्रा म्युजिक प्रा.लि को रहेको छ ।