Skip to content

वीर नेपालीहरूको शिर हो सगरमाथा
चार भञ्ज्याङ् हाम्रै हो गाउँछौँ देशको गाथा ।

भावीले नेपाली भै जीउने मौका दिएको छ
दुनियाँले देखोस निधारमा नेपाल लेखेको छ,
देशकोलागि मर्छौ झुकाउन्नौ माथा
चार भञ्ज्याङ् हाम्रै हो गाउँछौँ देशको गाथा ।

मायाले भरिएको छ नेपालीको छाती
अन्याय सहँदैनौ सबको सामू हामी सधैंँ माथि,
नेपाली एक बनौं बन्छ अटुट नाता
चार भञ्ज्याङ् हाम्रै हो गाउँछौँ देशको गाथा ।

स्वर/रचना : सुरेन्द्र महर्जन”अमर”
संगीत/एरेन्ज: राम कार्की
निर्देशन : सरोज श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *