थाकेर बीच बाटोमा बस्नुपर्ने भए बरू हिँड्दै नहिँड्नु
शिखरमा चड्नु सफलता हारेर कहीं रोक्दै नरोकिनु ।
जिन्दगी रहेसम्म आश कति कति बाँच्नु सँधै हाँसेर
लानु के नै छ र बाँचौं रीस राग कपट छ्ल बिर्सेर ।
मनमा पाप बस्न नसक्ने होस् हाँसौं हृदय खोलेर
आफ्नो हैन है अरूको लागि जीउन सिकौं हाँसेर ।
