Skip to content

जनता वाक्क दिक्क भए



जनता वाक्क दिक्क भए नेताको पाटा हेरेर
हामि हरू लाइ भुलाउन खनेका बाटा हेरेर

कस्ता बदनसिब रहेछन नेपालि नागरिकहरू
दिनको दिन रमिता देखाउदै हिडेको छाटा हेरेर

नौटंकीको नाङ्गो नाच देखाउन सिपालु कर्कारेहरू
तिनको त्रिया चरित्र मा देखाउदै हिर्काएको चाटा हेरेर

कुनै रंगमंच मा हेरिने नाटक को पनि के बिसेशता
बारे मौसम होलि खेल्दै नाची हिड्ने इनको ठाटा हेरेर

कोसिस गरे आकाश का पिण्ड सबै गनिन्थियो होला
नसकिने भयो येहा वर्णन गर्न ख्याती इनको डाटा हेरेर

राज भण्डारी (विवश)
दुबई, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *