Skip to content

सानू भनु म कसरी तिमिलाइ



बिदेसिनु को पिडा सानु, भनु म कसरि तिमिलाइ
बिचित्र यो सन्सार को मर्म, सानु भनु म कसरि तिमिलाइ
रोएका ई आँशु, सुन्नेका इ आँखा, छलनी भयेको मुटु
देखाउ म कसरी सानू तिमिलाइ, बताउ कसरी सानू तिमिलाइ

यात्रा रहेछ यो जिबनको, न टुङिने यो पथ
विवश र लाचार इ मेरा नयन
खुशी को आशमा बिति रहेको यो मेरो पल
तिम्रै नाम मा दिन गन्दै काटी रहेको यो मेरो छण

बिदेसिनु को पीडा …………..
बिचित्र यो सन्सार ……………
रोयेका इ आँसु ………………….
देखाउ म कसरी………………

काखे नानू बाबू को समझना मा खसेका ई मेरा आँसु
तिनको मुहार हेर्न लालाहित यो तन मन
उनैको कलपना मा बितेका ई मेरा प्रहर
अनि सानु तिनिलाइ खेलाउने ई मेरा रहर

बिदेसिनु को पिडा सानु, भनु म कसरि तिमिलाइ
बिचित्र यो सन्सार को मर्म, सानु भनु म कसरि तिमिलाइ
रोएका ई आँशु, सुन्नेका इ आँखा, छलनी भयेको मुटु
देखाउ म कसरी सानू तिमिलाइ, बताउ कसरी सानू तिमिलाइ

राज भण्डारी (विवश)
दुबई, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *