
एथार्थ को धराताल मा जब जब आफुलाई हेर्ने कोशिस गरे
संसारका व्यक्तित्व हरूलाई तब तब केर्ने कोशिस गरे
मानिसै मानिसको यो भिडमा जीवनहरूलाई नियाल्दा
तिनीहरूलाई बिस्तारमा मस्तिष्कबाट खार्ने कोशिस गरे
कता कता साथीभाईको छबिमा प्रश्न बनि मन मेरो अतालिदा
तिनैको चिन्तन मा म येकलिदा आफुलाई टार्ने कोशिस गरे
भावनामा बशिभुत् मेरा इच्छा र आकांक्षा मा प्रहार हुदापनि
विवसतालाइ मध्यनजर गर्दै जीवनलाई अगाडि सार्ने कोशिस गरे
तिता मिठा संगालोको बीच आत्मियता र भाइचारा लाइ ध्यान दिदै
मेरो यो हिर्दयलाई तै चुप मै चुप गराउदै न बुझेझैँ हार्ने कोशिस गरे
राज भण्डारी ( विवश }
मध्यबिन्दु न.पा. ४, नवलपरासी
हाल
दुबई, युएई
