कोसिस हेर्ने तिमीलाई गर्दा, आफूलाई हेरे मैले
माया साट्ने रहर गर्न चाहदा, आफूलाई केरे मैले
एक्कासि बाटोको चौराहामा तिमी ठोक्किदा
मनमा तरङ्को झटका लाग्दा स्वयलाई घेरे मैले
तिता मिठा कुरा तिमीसँग एकान्तमा हुँदा
खुसीले पागल हुँदै कसरी यो मनलाई बेरे मैले
आँखासँग आँखा – दिल सँग दिल जुझ्दा
कहिलेकाहीँ अत्तालिएर कसरी यो नयन फेरे मैले
मधुर मुस्कानसँगको जुनैली रातको आँख मिचौली
थाहै नपाई कसरी आफूलाई तिम्रो अंगालोमा लेरे मैले
राज भण्डारी (विवश)
दुबई, युएई
