
पवन, वायु, हावा, नाम अनेकौ
सारा चराचर जगत भरी छायेछौ
निरन्तर, अविरल, रम्दै, झुम्दै गायेछौ
कहिले मन्द मन्द, कहिले कर्कश स्वर निकाल्दै
उपस्थिती को आभाश र उपयोगिता को याद दिलाउदै
जगलाइ मानौ चेतावनी को शिख सिकाउदै
कहिले यात्रा चालरहित गन्तब्यमा लिन महिनौ बिताउदै
त कहिले रोद्र बेग ले सन्सार डग मै नाप्छु देखाउदै
मानौ रिसाइ रहेका छौ
केही भन्न खोजी रहेका छौ
तर तिमी शितल्ता को प्रतीक हौ
त्यसैले त केही छ्ण को प्रलयन्कारी बिध्वन्श पस्चात
शान्त हुँदै, स्थिर हुँदै, कोमल र निस्चल मन बाट
लाग्दछ पस्चताप मा जलि रहेका छौ
रुखो जहाँ लाई देखेर धप धपि बलि रहेका छौ
अनि त्यो कोमल हृदय देखि नै
लाग्दछौ प्रकृति का हरेक अंश लाई फेरि सवारना
सबै मा निरन्तर, हरेक छण प्राण वायु भर्दै
आफ्नो हरेक छण को भोक निन्द्रा त्याग्दै
हरेक प्राणी लाई आफनो अंश ले सेक्दै
तिमी सृष्टि को अन्त सम्म आफू लाई बिर्सदै
निरन्तर, अविरल आफ्नो दाइत्व निभाउदै
मनुवा हरू लाई पाठ दि रहेका छौ
त्याग के हो, बलिदान के हो ?
माया के हो र गुमाउनु के हो?
तर बिडम्बना, अफसोच येहा
न त तिमिलाइ कसैले खोज्ने प्रयाश गर्यो
न त तिम्रो रुप रङ हेर्ने
तिमी त्यही भयेर त अदृस्य भैएका रहेछौ
थाह रहेछ तिमिलाइ
आज का मनुवा कति स्वार्थी छन
कति बेइमानी र मतलबी भएका छन
त्यही भयेर त आफ्नो छवि लुकायेका रहेछौ
आफुलाइ रुपहिन र रङहिन बनायेका रहेछौ
तिमिलाइ मेरो कोटि कोटि नमन
महान को महानतम हौ तिमी
तपस्या का तपोबल हौ तिमी
त्याग को श्रेस्ट त्यागि हौ तिमी
माया को खानि हौ तिमी
उदारता को चरम उदारता हौ तिमी
धैर्य को शिलता हौ तिमी
बलिदान को चरम उत्कृस्ट हौ तिमी
येस्ता हजारौ शब्द मा न अटाउने
नाम को खानी हौ तिमी
राज भण्डारी (विवश)
दुबई, युएई
