
यथार्थ मा लुकेको यो संसार देख्दा
वाक्क दिक्क भुकेको संसार देख्दा
दाजुभाइ दिदिबहिनी को हसिलो मन
दुबई को खडेरी मा त्यसै सुकेको देख्दा
मन को आगन को चौतारी मा छाउदै
सबै सङ हासौ खेलौ गर्दै मन नुगेको देख्दा
आज किन हो कुन्नी कसै सङ दिल को
कुरा बाउन मन हुँदै यो हिर्दय फुकेको देख्दा
परिकल्पना का चित्र हरू कसै कसै को
यो आँखा वोरी-परि नाचेको घुमेको देख्दा
प्याच्च मुख फोरी उसैको याद मा मुटु
साच्दै तन मन ले चाहादै यो मन फोरेको देख्दा
कुनै सङ तिता मिठा शब्द हरू को मिश्रण मा
केही गाली गलोच हरू सङै दुई शब्द बोलेको देख्दा
आफन्ती हरूको सम्झना र स्मरण स्ङै तिनैको
याद मा यो मस्तिष्क छटपटाउदै जलेको देख्दा
केही कुरा तपाईं हरू माझ राखु भन्दै कलम यो
मेरो सम्पुर्ण हजुर हरू को माझ चलेको देख्दा
नमन र अभिवादन स्वरुप मेरो यो लेख्दै गरेको हाथ
तपाईं हरू माझ माया ले कसम झुकेको देख्दा
यो फोटो सहित हजुर हरू को माया को अभिलाशा
राख्दै आज को यो पोस्ट सङै बिदा मागेको देख्दा
धन्यबाद
राज भण्डारी ( विवश)
दुबई, युएई
