शिखरपुरुषको शिखरयात्रा
नेपाली साहित्यलाई वैविध्यपूर्ण उत्कर्षमा पुर्याउने अविश्रान्त साधकहरूमध्ये एक ओजश्वी र प्रेरणादायी स्रष्टा हुनुहुन्छ कृष्णप्रसाद पराजुली । सङ्घर्षमय जीवनका कठिन गोरेटाहरूबाट गुज्रँदा पनि नआत्तिई, हरेस नखाई नेपाली भाषा, साहित्यलाई माया गरेर निरन्तर पुर्याउँदै आउनुभएको चिरस्मरणीय योगदान बन्दनीय देखिन्छ ।
