Skip to content

विजय चालिसे

BijayChalise

सुन्दर शैली र विम्बमा उदभाषित ‘नर्थ सी को किनारबाट’

एक दिन मेरो मुहार पुस्तिका (फेसबुक) मा एकजना अपरिचित साहित्यकार मित्रबाट ‘हुलाक ठेगाना पठाइदिने’ अनुरोध आयो । त्यो अनुरोध थियो – साहित्यकार भाइ दीपेन्द्र के.सी. को । आफ्ना सद्यप्रकाशित कविता कृति उपहारस्वरूप पठाउनका लागि उहाँलाई ठेगाना चाहिएको थियो । अनि कृति उपलब्ध गराएपछि केही प्रतिक्रियाको अपेक्षा गर्नु हामी सर्जकको स्वाभाविक चाहना हुने भइहाल्यो । कविता पढ्न मलाई त्यतिबिन रौस नलाग्ने भए पनि सात समुद्रपारीबाट एकजना साहित्यकार मित्रको अनुरोध अस्वीकार गर्न सक्ने कुरै थिएन र मैले त्यही मुहार पुस्तिकामार्फत आफ्नो ठेगाना दिएँ । नभन्दै त्यसको दुई–तीन हप्ता जतिपछि एउटा आकर्षक पुस्तक हातपर्यो । डिमाइ आकारमा ३० वटा शक्तिसाली कविता उनिएको एउटा कवितासङ्ग्रह । कृति थियो ‘नर्थ सि को किनारबाट’ !

मधुपर्कः मेरा सम्पर्कका चार दशक !

  • by

यसै अङ्कदेखि मधुपर्क आफ्नो प्रकाशनको ४२ औं वर्ष पूरा गरी ४३ वर्षमा प्रवेश गर्दै छ । नेपालजस्तो प्रकाशन उद्योगको आवश्यक विकास हुन नसकेको तथा अझै पनि साहित्यलाई अनुत्पादक ठानिने समाजमा कुनै पनि साहित्यिक प्रकाशनले प्रकाशनको ५०० औँ अङ्क सफलतापूर्वक प्रकाशित गर्नु गौरव कै विषय मान्नु पर्छ । यसरी नेपाली भाषा-साहित्य र संस्कृतिको विकासमा सघाएर नयाँ राष्ट्रिय संस्कृतिको निर्माणमा भूमिका खेल्दै नेपाली साहित्यिक पत्रकारितामैं लामो इतिहास बनाउन सफल रहेको यति गरिमामय प्रकाशनमा लामो समयसम्म सम्लग्न रहनु मेरा लागि पनि कम गौरवको विषय होइन ।

साहित्यिक पत्रकारिताको कष्टकर यात्रा

  • by

साहित्यिक पत्रकारिताले नेपाली पत्रकारिताकै प्रारम्भ गर्ने जस पाएको छ तर एक शताब्दीभन्दा लामो यात्रा पूरा गरिसक्दा पनि यसले शारदाकालीन समस्याबाट समेत पूर्ण मुक्ति पाउन सकेको छैन । संस्थागत विकास र विक्री-विज्ञापनका दृष्टिले यो क्षेत्र न हिजो आत्मनिर्भर बन्न सक्यो, न आज यसले अपेक्षित विज्ञापन र पाठक पाउन सकेको छ । सङ्ख्याका दृष्टिले असन्तोष मान्नुपर्ने ठाउँ नरहला ।

रमेश विकलः कथादेखि कथासम्म

  • by

अनौठो संयोग मान्नुपर्छ विकलको पहिलो र अन्तिम दुवै सिर्जना कथा नै बन्न पुगे। २००५ सालमा हस्तलिखित मासिक पत्रिका ‘सन्देश’बाट सुरुभएको उहाँको साहित्यिक जीवन र २००६ साल चैत महिनाको शारदामा प्रकाशित “गरिब” कथाबाट प्रारम्भ भएको कथाकार विकलको व्यक्तित्व मधुपर्कको यही अङ्कमा प्रकाशित लामो कथा “किराँत प्रदेशको दुर्दान्त शिकारी”बाटै विश्रान्तिमा लीन हुन पुग्यो । उहाँको अन्तिम हरफ अस्पताल जानुअघि लेखिएका आत्मवृत्तान्तका तिनै तीन पृष्ठ हुन पुगे पनि अन्तिम पूर्ण सिर्जना चाहिँ मधुपर्कको यही कथा बन्नपुग्यो ।

मोफसलः पीडा र रचनाशक्ति

माटोको सुगन्ध बोक्ने सिर्जना आयातीत नारा र विदेशी नक्कलभन्दा धरै शक्तिशाली हुन्छ, यस्तो साहित्य यथार्थका भोगाइहरूबीच फस्टाउँछ । ढुङ्गा फोरेर हुर्कने पीपलजस्तै यस्ता साहित्यले फस्टाउन अरूको सहारा लिनुपर्दैन । यो आफ्नै सामर्थ्यमा हुर्कन्छ, फस्टाउँछ र मूलधारमा समाहित भएर इतिहासमा आफ्नो स्थान आफैँ बनाउन सक्षम हुन्छ । मोफसललाई न त राजधानीको थाँक्रोको चढ्नुपर्छ, न कुनै समालोचक र अखबारी स्तम्भकारहरूको गुटगत चर्चाको अशीर्वादकै आवश्यकता रहन्छ । शक्तिशाली कलमहरू मोफसलमा रहेर पनि आफ्नै रचना शक्तिमा स्थापित हुँदै आएका छन्, रचनाशक्ति नहुनेहरू राजधानीमै रहेर पनि पानीको फोकाझैँ अस्तित्वबोध हुन नपाउँदै बिलाएका पनि छन् । मोफसलमा रहेर निरन्तर सक्रिय कलमहरूले यसको दृष्टान्त दिई नै रहेका छन्, राष्ट्रिय मूलधारको साहित्यलाई चुनौती दिँदै आफ्नो स्थान बनाइ नै रहेका छन्, बनाइरहने छन् ।

अनौपचारिक – सलाम आस्थाका सतिसालहरू

  • by

असल मित्रहरूसँगको अनायास बिछोडले सधैँ नै पीडाको नमिठो चोट छाडेर जान्छ । यस्तै पीडाको अनुभव गराएको छ मित्रद्वय रूद्र खरेल र अग्नि शिखाको असामयिक तथा अप्रत्यासित बिछोडले। आस्था र प्रतिबद्धतामा सतिसालझैँ अडिग र सरल जीवन शैलीका प्रतीक लाग्ने यी दुई प्रगतिशील साहित्यकार-पत्रकार मित्रलाई छोटै समयमा एकपछि अर्को गुमाउनुपर्दा मजस्ता धेरैमा बिछोडको पीडाबोध हुनु स्वाभाविक थियो ।