Skip to content

नवराज सुब्बा

सरकारको मुहार

  • by

नेपालमा संघीयता लागु भएपछि हामीले गाउँ गाउँमा स्थानिय सरकार पायौं । जनताले केही राहत पाएका छन् । विकासका काम सुरु भएका छन् । अब गाउँ वा नगरमा सिंहदरवार संगसंगै सिंहदरवारमा हुनेगरेका विकृति पनि पुगेका छन् ।

Read More »सरकारको मुहार

दुई मुक्तक टुक्रा (चराको कुनै देश हुँदैन)

(एक)

चराको कुनै देश हुँदैन
छल्ने उसको कुनै भेष हुँदैन
खस्दैन जहिले उडिरहन्छ, जहाँ
धोका दिने कुनै परिवेश हुँदैन ।

पुराना जुत्ताहरू

आज
मसँग गफ मिल्ने
अर्थात् मलाई बुझ्ने यो घरमा
मेरा यिनै पुराना जुत्ताहरू मात्र
बाँकी रहे अब !

तर यी पुराना जुत्ताहरू
कहिले यो कुना कहिले त्यो कुनामा राख्छु र मिलाउँछु
कहिले यता सार्छु, कहिले उता सार्छु र थन्क्याउँछु
यिनीहरूलाई राख्ने, थन्क्याउने ठाउँ कतै पुग्दैन

पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत आधारशिलाहरू

साहित्यको नाममा हामी धेरै सामग्रीहरू पढ्छौं, अनगिन्ती चर्चा गर्दछौं, कतिपयले सिर्जना पनि गर्दछौं । साहित्यको परिभाषा, चरित्र, रचनागर्भ तथा निर्माण प्रकृया, समालोचना तथा मूल्याङ्कनका बारेमा चर्चा, मन्थन र सिद्धान्त प्रतिपादन भएका छन् । यसरी साहित्यलाई नियाल्न आज पूर्वीय र पाश्चात्य सिद्धान्त र दर्शनका चस्मा लगाउनु पर्ने हुन्छ । वाङ्मयका पूर्वीय तथा पाश्चात्य दृष्टिकोणहरू आ–आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छन् । धेरै वाद वा मतहरू साहित्य सिर्जनाका आधारभूत तत्वमा केन्द्रित छन् भने कतिपय मत यसका रचनागर्भमा तहमै पुग्दछन् । साहित्यलाई मनोविज्ञानसित गाँसेर पनि हेर्ने गरिएको छ । आलेखमा साहित्य के हो ? यो किन वा कसरी यो सिर्जना गरिन्छ ? मूल्याङ्कनका आधार के के हुन् ? भन्ने विषयमा सामान्य चर्चा गर्नेछु ।

साहित्यिक यात्रामा फूल र काँडाहरू

पल्लव साहित्य प्रतिष्ठानले आयोजना गरेको यस वर्ष अर्थात् २०६७ सालको समारोहमा भने मैले नगइ नहुने भयो । कारण २०६६ सालको पल्लव साहित्य सम्मानको सम्मानपत्र मैले थाप्न कारणवस सकिन । सोही सम्मान ग्रहण गर्ने र नारायणघाट तीर्थ गर्ने श्रीमतीको इच्छा पूरा गर्ने हिसाबले साहित्यिक यात्रा भनौं कि तीर्थयात्रा गर्न हामी निस्कियौं चितवनयात्रामा ।

समय र घडीहरू

छाया सँगै बसेको छ कि
छाडेर अन्तै गएको छ हँ ॽ
दुनियाँ ब्यूँझिएको बेला
निदाएको स्वाङ गर्ने
ए घडीहरू ! ब्यूँझ, हेर र भन
यो दिनको बाह्र बजे हो या
रातको बाह्र बजे हो ॽ…

अहँ, जवाफ आउँदैन कतैबाट
दुनियाँ ब्युँझाउने
अर्थात् हिंडाउने घडी
आज स्वयम् निदाएको छ

नवराज सुब्बा (मुक्तक)


(एक)
कुदियो विश्वयुद्धमा खुकुरीसित नाचियो
स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो
कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ?
सत्रु हैन आफैलाई पो सिद्याउन आँटियो !

(दुइ)
बोकायौ बन्दूक काँधमा नपुगेर घाऊ थमायौ
आसामी मानेर काँधमा विदेशी ऋण बोकायौ
न गरी खायौ न गरी खानै दियौ माननियज्यू !
गर्छु भन्दाभन्दै परिवन्दले पासपोर्ट र भीसा बोकायौ ।

नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)

अचानक एउटा कार्यक्रमको निम्तो आयो । २१ अगष्ट २०१० का दिन श्री साझा प्रकाशन काठमाडौं र भारत पश्चिम बंगाल स्थित मतिगढा गोर्खा सेवा परिषद सिलिगुरीको सहआयोजनमा नेपाल र भारतका केही साहित्यकारहरूबीच सानो भेटघाट कार्यक्रम बनाइएको रहेछ । साझा प्रकाशन संचालक समितिका सदस्य अनिल पौडेलको निम्तोका दिन शनिवारको विदा परेकाले यसपालिको विदामा भारतीय नेपालीभाषीहरूसंग बिताउने निश्चयका साथ सिलिगुरी पुगियो ।

यो सडक कसको हो ?

  • by

अपहरित यो सडकमा
पहिलो कुरो त
गुड्नलाई पेट्रोल छैन
छैन इन्धन गाडीमा, छैन कहिले पेटमा
कहिलेसडकजाम छ, कहिले चक्काजाम
यस्तै खाल्डाखुल्टी छन् सडक र छातीमा

सूर्तीको स्वाद

  • by

मैले सबैभन्दा धेरै आशिर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिँडी तथा सूर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशिर्वाद पाएँ ।

श्रद्धाञ्जली

  • by

तिमी हिमाल हेर्दै
कति खुशी हुन्थ्यौ
तश्वीर टाँसेर भित्तामा हेर्दै
कत्ति रोमाञ्चित हुन्थ्यौ तिमी
शायद सोच्दथ्यौ होला
म पनि हिमाल जस्तै शुन्दर हुन पाउँ
हिमाल जस्तै अग्लो हुन पाउँ
आज तिम्रो यो इच्छा पूरा भएकोछ
तिमी शुन्दर अग्ला हिमालसितै
एकाकार भएका छौ ।

तारा

तारासंग आकाशभरि फैलेको उज्यालो आयातन छ
आनन्दका आकर्षण र कल्पनाको अनन्त गहिराइ छ
यसैको खोजिमा उसंग म घरिघरि कुरा गर्छु र सुन्छु
उ त मेरो संगीतको ताल र सूरको खोजीमा पो रहेछ । `