Skip to content

जाली माया लाउनु रैछ

  • by


जाली माया लाउनु रैछ चिनो रुमाल जाली दियौ
चोखो माया लाउँदै थिएँ प्रेमी पागल गाली दियौ ।

नयनमा बग्ने आँशु नूनिला छन् भन्थ्यौ हजुर
परेलीका गाजल पनि पखालेर फाली दियौ ।

दिलमा मेरो कहिँ छैन मन काट्ने कैची हजुर
झुल्के घाम भई आउँदा बादल भन्दै भागी दियौ ।

ताने सुरमा मैले श्वर गाउने पालो तिम्रो हजुर
मिलाउदैथेँ स्वरमा स्वर मुख ठप्प टाली दियौ ।

२०६३।६।१७ विराटनगर नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *