Skip to content

दुई मुक्तक टुक्रा (चराको कुनै देश हुँदैन)


(एक)

चराको कुनै देश हुँदैन
छल्ने उसको कुनै भेष हुँदैन
खस्दैन जहिले उडिरहन्छ, जहाँ
धोका दिने कुनै परिवेश हुँदैन ।

(दुई)

जलिरहेको मनसित एक्लै बसेर
खेलिरहने थरीथरी रङ्गीन माछा हेरेर
काँचको एक्वेरियमसित आँखा जुधाउन
प्रिय ! कतिन्जेल सकूँला यसरी पागल बनेर ।

चीत्कार मुक्तक सङ्ग्रह, वाणी प्रकाशन विराटनगर नेपाल ।, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *