छ शुभकामना तिम्रो यात्रामा
मंगल रहोस् जीवन यात्रामा ।
सगुन थमाएँ तिमीलाई
पहिराएँ फूलका माला
बढून् पाइला लक्ष्यतिर
चुमून् उच्च चुचुरा ।
ओंठमा फक्रुन् लाली
आँखा सुन्दर उज्याला
बिहानीले ल्याइरहून्
सुन्दर नयाँ बाला ।
अजम्बरी फूलझैं
दीर्घायू बाँचिरहनु
कुल्चदै दुःख काँढा
फूल झैं हाँसिरहनु ।
http://www.nrsubba.com.np/node/154

hi
hi