Skip to content


आफ्नो भाग्य आफैँ लेख्ने दिन आएको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।

सललल उर्ली आयो समावेशी स्वर
जनताको शक्ति आहा कति सुन्दर

देशको माया नशा रैछ मात लागेको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।

फर्केको छ हिमाल हेर पहाड मधेशतिर
मेची-काली बगेका छन् लय समातेर

आफ्नो गीत आफैँ लेख्ने बेला आएको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।

-मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *