Skip to content

सुन्दर अल्पभाषी

म एक हूँ (गजल)

म एक हूँ कहाँ पाउछौ हजारमा
चिहाएर हेर कतै छू तिम्रो नजरमा

कति बन्नू दुई किनार नदीको
आऊ राज गरौ दिलको शहरमा

सारै महँगो रहेछ तिम्रो माया
खारिद बिक्री गरौ बजारमा

कतै शहरसँग डर लाग्छ

कतै शहरसँग डर लाग्छ
तिम्रो रहरसँग डर लाग्छ

आउन त मन लाग्छ समीप
तिम्रो घरसँग डर लाग्छ

जति समीप आत्मीयताको
त्यो स्वार्थी भरसँग डर लाग्छ

ज्योतिष, भविश्य र म

लामतन्न सडक छेउ
बसेको छ केही
पुरानो पात्रो
र केही पुराना कपी
र कलम
केही अक्षता
एउटा बुढो आकृति
नापिरहेछ प्रत्येक पैदल यात्राुको पाइला
वर्षौँदेखि
एउटा ग्रहको प्रतिक्षामा
सहेर घामपानी

दुई मुक्तक (रुवाई)

साँझ छ र त बिहान छ
लिपि भाषा छ र त पहिचान छ
बचाई राख इतिहास सत्यको
शिर ठाडो पर्ने सम्मान छ

यहाँ रुने हजार छन्
एक्लो हुने हजार छन्
लाखै सपना जाग्छन्
दिल छुने हजार छन्

सदा अटल शिर हिमाल छ

सदा अटल शिर हिमाल छ
सुन्दर शान्त देश नेपाल छ

हिमाल हाँस्छ पहिलो किरणसँगै
गुराँससँगै फूल्ने मायाजाल छ

मोती फूल्छ अलैचीको पातमा
नया उमंग नयाँ नयाँ साल छ