१) आषाढ पन्ध्र
जिन्दगीको रोपाइँ
हर मौसम
☆☆☆
२) रौनक एक
आवरण अनेक
एकदेशमा
☆☆☆
३) यात्रा अनेक
यात्री नै प्रतिएक
गन्तव्य एक
☆☆☆
४) मौसमी याम
फक्र्न नसकेको
बीउको गावा
☆☆☆
५) दही चिउरा
कृषिको अभियान
आषाढ पन्ध्र
सुन्दर अल्पभाषी
०७२/०३/१५
