Skip to content


तिमीबाटै
असुरक्षित भएपछि
त्यागेको हुँ
तिम्रो रक्षाबन्धन
र जनैको जन्जिर
छाडेको हुँ
जनवारको जलले
लिंग अभिषेक गर्न
लाउन छाडेको हुँ
तिम्रो पहिरन
मान्न छाडेको हुँ तिम्रो भगवान
वर्षौ देखि तिम्रो हुनुको अर्थमा
थालेको हुँ अभियान
मान्छे हुनुको अर्थमा
सभ्यता पछ्याएर
पहिचान खोज्नुको अर्थमा

चढाउन थालेको हुँ बनझार
मर्चाको बुट्टी
मेरो भगवानलाई

थोपा थोपा अल्कोहल
– निद्राबाट ब्युझाउन बुढानिलकण्ठलाई
-एक पाइला हिनाउन बिरुपाक्षलाई
-चिर निद्राबाट उठाउन बुढासुब्बालाई

हो त्यतिखेर

मछै दिनु बन फूलले तम्फुङ्गलाई
– गरी दिनु नाहेन
– र गरी दिनु माङ्गगेना
राखेर तङ्गसिङ्ग

-सुन्दर अल्पभाषी

Leave a Reply

Your email address will not be published. Required fields are marked *