Skip to content

ज्योतिष, भविश्य र म


लामतन्न सडक छेउ
बसेको छ केही
पुरानो पात्रो
र केही पुराना कपी
र कलम
केही अक्षता
एउटा बुढो आकृति
नापिरहेछ प्रत्येक पैदल यात्राुको पाइला
वर्षौँदेखि
एउटा ग्रहको प्रतिक्षामा
सहेर घामपानी

भन्दिनु छ
आफ्नै भविष्यबारे अन्योल भएर
एउटा भविष्य बुझन चाहनेलाई
कारङ किरिङ्ग
कापीमा कोरेर
चामलको दाना गनेर
भनिदिनु छ झुटको आश्वासन
यो सडक जस्तै व्यस्त छ
यो भविष्य जस्तै अन्योल छ
लमपसार सडकमा यो अन्योल भविष्य जस्तै

पाइतलाको संगीत
साधनको चित्कार उसरीनै गुन्जिरहेछ
उही रुखको फेदमा
सुनै रहेछ भविष्यको कथा
पाठक बनेर म
सुनिरहेछु त्यही सडकछेउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *