Skip to content

राजेश रुम्बा लामा

रुँदी होलिन मेरी आमा

चिल्लो खेतको आलीमाथि, खाली खुट्टा टेक्दै
रुँदी होलिन मेरी आमा पीरको भारी बोक्दै

छोरी सबै पराई घर छोरा विदेश बस्दा
भिज्यो होला टाले चुली, आँशु छल्की खस्दा
गो सुम-सुम्याउँदै धानको बीऊ, आफ्नो दु:ख पोख्दै
रुँदी होलिन मेरी आमा पीरको भारी बोक्दै

मृतसागरमा आफुलाई समाहित गर्न पुग्छ..

“गद्यकबिता” आँखाभरि सुन्दर सपनाका ताराहरु फिजाँएर काला अँधेरी रातको अन्त्य र शुभ बिहानीको आशामा किराहरु… Read More »मृतसागरमा आफुलाई समाहित गर्न पुग्छ..

घायल छु आज म,कलेजो यो सेरिदिंदा……

गीत छेपारोले रुप फेरे झैं,बैगुनीले फेरिदिंदा घायल छु आज म,कलेजो यो सेरिदिंदा ~~~~~~~~~~~~~%~~~~~~~~~~~~ सोच्न समेत… Read More »घायल छु आज म,कलेजो यो सेरिदिंदा……

म जूनसंग मुस्कानको भिख माग्दै छु….

“गद्यकबिता” डाहा र ईर्ष्या लाग्ने आफ्नै मनलाई आज बज्रपात हान्दैएक झोकां हावा पठाउँदै छु मेरी… Read More »म जूनसंग मुस्कानको भिख माग्दै छु….

लाज पनि ला’छ मनमा,कतै माया बस्ने हो कि

देखेपछि बोलाऊँ लाग्छ, बोल्दा गलत सोच्ने हो कि
राम्रो बोल्न जान्दिन म, कतै मुटु घोच्ने हो कि

बाहिर नौनी देखाएर, भित्र छुरा लुकाउँदिन
जे-जे देख्छु त्यही भन्छु, भन्ने कुरा चुकाउँदिन
शंका-डर दुवै मनमा, बोल्दा भाउ पो खोज्ने हो कि
राम्रो बोल्न जान्दिन म, कतै मुटु घोच्ने हो कि

गन्न थाल्छु कविताकाशब्दहरु १,२,३..-.१,२,३ ! .

“कविता” एउटा कविता लेख्ने चाहनलाई बर्षौ सम्म गर्भाशयमा राखेर छट्पटिन्छु , बलजफतले टुपी बाट धुवाँ… Read More »गन्न थाल्छु कविताकाशब्दहरु १,२,३..-.१,२,३ ! .

माया गर्ने नाममा मैले दास बनाएँ कि

माया गर्ने नाममा मैले दास बनाएँ कि
तिम्रो मनको ईच्छालाई लास बनाएँ कि

यस्तो होस् हाम्रो माया कुनै बाधा नहोस
सबै रुपले खुल्ला होस् कुनै आधा नहोस
तिम्रो अधिकारलाई मैले नास बनाएँ कि
माया गर्ने नाममा मैले दास बनाएँ कि

माया गर्ने नाममा मैले पीरमा पार्यो कि?………….

गीत माया गर्ने नाममा मैले पीरमा पार्यो कि? स्वतन्त्र भै उड्न खोज्दा भुइमा पो झार्यो… Read More »माया गर्ने नाममा मैले पीरमा पार्यो कि?………….

तिम्रो माया मलाई धेरै लाग्छ/…………

“गीत” किन-किन तिम्रो माया मलाई धेरै लाग्छ/१५/ तिमी माथि लागे’को पीर सबै मेरै लाग्छ ///////////////////१५///////… Read More »तिम्रो माया मलाई धेरै लाग्छ/…………

टुक्रिएको यो मुटुलाई,……………..

“गीत”
टुक्रिएको यो मुटुलाई,गाँसी दिने भए
ज्यानै त्यागी सहन्थे चोट,हांसी दिने भए,

हिरा-मोति जस्तै माया,किन्नु पर्दो रहिछ
दुखियाले संधै तड्पी ,हिन्नु पर्दो रहिछ
खस्न खोज्दा आँशु थमाई,बसी दिने भए
ज्यानै त्यागी सहन्थे चोट,हांसी दिने भए,

टुक्रिएको यो मुटुलाई,……………..

संधै मनमा आशा बोकी,आशे हुनु पर्ने,
यस्तै हो बेसहरलाई,संधै रुनु पर्ने
मेरो निम्ति आफ्नो जीबन,मासी दिने भए
ज्यानै त्यागी सहन्थे चोट,हांसी दिने भए,

टुक्रिएको यो मुटुलाई,गाँसी दिने भए
ज्यानै त्यागी सहन्थे चोट,हांसी दिने भए……………….

राजेश रुम्बा लामा “अतृप्त”
१३-०६-२०११

आफ्नै मेहेनतले, पत्थर फोर्न चाहने मान्छे हुँ म

आफ्नै मेहेनतले, पत्थर फोर्न चाहने मान्छे हुँ म
मलाई कमजोर नसम्झ प्रिय
आकाश-पाताल जोर्न चाहने मान्छे हुँ म ।

हुन सक्छ कुनै बेला भक्कानेर रोएँ होला
विवशताले गर्दा कसैको पाउ छोएँ होला
सुनामीको छाल बनी, बाधा सोर्होन चाहने मान्छे हुँ म
मलाई कमजोर नसम्झ प्रिय
आकाश-पाताल जोर्न चाहने मान्छे हुँ म ।