Skip to content

गजल
गुण्ड गर्दी गर्दै हिड्ने डाँका चोर त्यो आइतेले
केको फेर्थ्यो देशको मुख एक न:को कैतेले

खान पाए अल्कातर नि चुप-चाप निलिन्छ
कहाँ देख्नु भोको जनता अनिकाले चैतेले

नैतिकता नै थाहा छैन कु-सस्कारमा हुर्केको
देशलाई माया के गर्थ्यो बिना बाउको माइतेले

बेची खायो मेची-कोशी गण्डकी नि बेच्दै छन्
देश र जनता निल्नि भए यी पापी दैंतेले

राजेश रुम्बा लामा “अतृप्त”
१९-०६-२०११

1 thought on “गजल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *