“गद्यकबिता”
डाहा र ईर्ष्या लाग्ने आफ्नै मनलाई
आज बज्रपात हान्दैएक झोकां हावा पठाउँदै छु
मेरी प्रियसीलाई स्पर्स गर्न,
ताकी उनीलाई मेरो अभाब नखट्कियोस…….
सुनसान रातको छातीमा टेकेर
म जूनसंग मुस्कानको भिख माग्दै छु
ताकी उनको जलेको मन र रोदनले बगर बनेको
मुहारमा शितलता ल्याओस ..
यो नाङ्गो रेगिस्थानको ढाँट माथि कञ्चन
शीतको थोपाहरु बटुल्न हतार छन् मेरा पाइलाहरु
हरेक बिहानीको उषाकिरण संगै.उनैको निम्ति
आफै तिर्खाएर छटपटी रहेका
यो बालुवाको चिहानहरुमा
यो मेरो अथक प्रयासहरु
बिलिन हुन्छन पसिनाको रुप लिएर
तर….तर..
अहँ ! म हार्न सक्दिन
र आशाका त्यान्द्रोलाई चुडाउन दिन्न,
म लागि रहन्छु निरन्तर….निरन्तर…..
सुखमयले पथ्थर बनेका यी
बालुवा खानीलाई
चट्टान सम्झी
हिराको आशामा
आफ्नो कोमल पाखुराले
प्रहार गर्दैछु
रगतको थोपा थोपाले
हस्ताक्षर गर्दै….
लाग्छ मेरो विवशता र
चोट देखेर
काकाकुलहरु दयाको
भावले मलाई हेर्न घेर्दैछन्
किन कि बाँच्नुको अर्थ
उसलाई थाहा छ………..
काकाकुलहरुलाई थाहा छ…….
राजेश रुम्बा लामा “अतृप्त”
22-06-2011
